coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कांग्रेस कार्यकर्ता मृत फेला

गणेश बिक

रुकुम– घरबाट पैसा झिक्न चौरजहारी बैंक हिँडेका खोलागाउँ गाविस–५ का ३७ वर्षीय वीरजित केसी बाटोमा मृत अवस्थामा फेला परेका छन्। उनी नेपाली कांग्रेस खोलागाउँ कार्य समितिका सक्रिय सदस्यसमेत थिए।  खोलागाउँ गाविस वडा नं. ५ का अन्दाजी ३७ वर्षीया वीरजित केसीको हत्या भएको स्थानीयहरुले बताएका छन्।

सोही गाविसको चीसापानीमा उनी मृत भेटिएका हुन्। केसीको हत्या भएको हो वा आत्महत्या हो भन्ने विषयमा  अनुसन्धानपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ। बाँकेको कोहलपुरबाट अनुसन्धानका तालिम प्राप्त कुकुर थप अनुसन्धानका लागि ल्याउने तयारी भइरहेको रुकुमका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिए।

‘मृत भेटिएको केही पर उनको मोबाइल फेला परेको छ,’ उनले भने, ‘यसको आधारमा हत्या भएको शंका गर्न सकिने ठाउँ पनि छ, मृतक केसीको जिब्रो टोकिएको छ, यसले आत्महत्या भएको हो की जस्तो लाग्छ।’

घटना शंकास्पद भएकाले अनुसन्धानपछि मात्र उनको मृत्युको कारण खुल्ने उनले बताए । उनी पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर काम गर्दै आएका थिए । यसको आधारमा कसैले हत्या गरेको हुन सक्ने नेपाली कांग्रेस रुकुमको आशंका छ।

उनलाई पहिला पनि पटक पटक ज्यान मार्ने धम्की आउने गरेको नेपाली कांग्रेस रुकुमका पूर्व सचिव महोमहोन शाहले जानकारी दिए। हत्या गर्ने धम्की कसले र किन दियो भन्ने जानकारी नभएको उनको भनाई छ।

कुकुर घटना स्थल नआउँदासम्म शव त्यहीं रहने प्रहरीको भनाई छ। केसीको हत्याको नेपाली कांग्रेस रुकुमले भत्र्सना गरेको छ। कांग्रेसले हत्या गर्ने व्यक्ति पत्ता लगाई कानुनी कारवाही गर्नुपर्ने बताएको छ।

प्रकाशित: ११ कार्तिक २०७३ १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App