पश्चिम नेपाल हावाहुरी अपडेटः दुई जनाको मृत्यु, दर्जनौं घाइते

शुक्रबार, २४ जेठ २०७६, ०६ : ५४ दिलबहादुर छत्याल

धनगढी - सुदुरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा बिहिवार साँझ ८ बजेतिर आएको भिषण हावाहुरीमा परी दुई जनाले ज्यान गुमाएका छन्। सुदुृरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक सुरज केसीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको हो।मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेका छन्। चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

हवाहुरीले रुख, बिद्युतका पोल, पर्खाल, घरका छना समेत उडाएको छ। संकलन भएको प्रारम्भिक क्षतिको विवरण अनुृसार कैलाली र कंचनपुरमा कम्तीमा १४ जना गंभिर घाइते भएको प्रहरी नायव महानिरिक्षक केसीले बताए। घाइते मध्ये केही अवस्था गम्भीर रहेको उनले बताए। चारजनालाई उपचारका लागि भारत पठाइएको एसपी गिरीले बताए।

कयौको घरको जस्ता पाता उडाएको छ भने धेरैका पर्खाल भत्केका छन। यसैगरी बिभिन्न ठाउँ ठाउँमा बिजुलीका पोल र रुखहरु ढलेर सडक र बिद्युत अबुरुद्ध भएको उनले बताए। हावाहुरी सँगै आएको पानी अधिकाशंको घरमा पसेको स्थानीयले बताएका छन। कैलाली र कंचनपुरमा पछिल्लो धेरैबर्ष यताकै सवैभन्दा ठुृलो हावाहुरी आएको स्थानियले बताएका छन।
‘मैले यती ठुलो हावाहुरी आएको कहिले देखेको थिएन’स्थानीय दुर्गा देवी मल्लले समाजिक सन्जाल फेसवुकमा लेखेकी छन। यसैगरी धनगढीका तेजबहादुर खड्काले जिवनमा यती ठुलो हावाहुरी नदेखको बताएका छन। उनी भन्छन,–‘मैले आफ्नो घर पनि जोगउन सकेन।’ हावाहुरीका कारण गंभिर घाइते भएका ७ जना सेती अंचल अस्पताल, २ जना धनगढीको निसर्ग र ८ जना महाकाली अंचल अस्पतालमा भर्ना भएको डिआईजी केसीले बताएका छन।

यसैगरी नेपाल प्रहरीको संघिय ईकाई कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत हावाहुरीले क्षती पुगेको उनले बताए। कच्ची घरका पर्खाल, जस्ता पाताका छत उडाएको प्रहरीले जनाएको छ। कती क्षती भएको भनेर पुर्ण बिवरण आउन बाँकी रहेको उनले बताए।

 

 





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad