७ वैशाख २०८१ शुक्रबार
समाज

जथाभावी उत्खननमा स्थानीयको अवरोध

तिनाउ नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै स्थानीयले अवरोध गर्दै ।

रुपन्देही– बस्तीलाई नै असुरक्षित हुने ठाउँमा बुटवल उपमहानगरले नदीजन्य पर्दाथ उत्खनन गर्न दिएको भन्दै स्थानीयले अवरोध गरेका छन्। बुटवल मोतीपुर रानीगञ्जका बस्तीलाई जोखिममा पार्ने गरि तिनाउ नदीमा उत्खनन गरिएपछि स्थानीयले विरोध गरेका हुन्।

बुटवल उपमहानगरले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि स्वसाम कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई तिनाउको मिलनचोकघाटबाट १७ हजार ७ सय २७ दशमलव ८ सय १६ घनमिटर नदीजन्य पदार्थ उपलब्ध गराउन अनुमति दिएको छ।

स्वसामले धमाधम बस्ती क्षेत्रलाई नै असर पारेर अनियमित रुपमा उत्खनन गरेको भन्दै विहिबार मोतीपुर रानीगञ्ज क्षेत्रका स्थानीयले १५ वटा टिपर ४ वटा स्काभेटर नियन्त्रण लिएका छन। बुटवल वडा नम्बर ११ र वडा नम्बर १६ को सिमामा उत्खनन भइरहेको छ  वारी र पारी समान रुपमा उत्खनन नभएको र मोतीपुर रानीगञ्ज क्षेत्रका स्थानीयले भने गाडी नै नियन्त्रणमा लिएका हुन। ‘बस्तीलाई जोखिममा पार्ने गरि अनियमित रुपमा उत्खनन भइरहेको छ, यहाँको ढुंगा गिट्टी कहाँ जान्छ त्यो पनि थाहा छैन’ मोतीपुरका अगुवा बाबुराम घिमिरेले भने।

विमानस्थलका नाममा ढुंगा, गिट्टीको अवैध उत्खनन र बिक्रि भएको स्थानीयको आरोप छ। बुटवल ११ को सार्वजनिक जग्गामा काँडेतार लगाएर डम्पिङ गरिएको छ। विहिबार दिनभर तिनाउ नदीको उत्खनन क्षेत्रमा स्थानीयको ठूलो भिड लागेको थियो। लोड गरिएका ट्रिपर र स्काभेटर सशस्त्र प्रहरी बलमा राखिएको छ। स्थानीयले अनियमित रुपमा गौरवको आयोजनाको नाममा बस्ती जोखिममा पारेर उत्खनन भएको बताएपनि बुटवल उपमहानगर भने मौन देखिएको छ। उपमहानगरले नै वडा नम्बर ११ र मोतीपुर क्षेत्रलाई विभेद गरेको स्थानीयको आरोप छ। पारीपट्टीको भागमा कुनै पनि सिमा नतोकिएको हरिहर टोल संस्थाका अध्यक्ष जंग बहादुर खत्रीले बताए। उनका अनुसार उत्खननका कारण बस्तीमा बाढी पस्ने सम्भावना अधिक छ। तिनाउकै कारण झन्डै ३ हजार बस्तीलाई असर पार्ने स्थानीयको भनाई छ।

बुटवल उपमहानगर वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले विवाद सामान्य भएको भन्दै समाधान गरिने बताए। उनले उपमहानगरको अनुमतीमै उत्खनन गरिएको बताउँदै विमानस्थल निर्माणमा नदीजन्य पदार्थ प्रयोग हुने बताए। बुटवलको तिनाउ नदीको चरम दोहन भएकाले यसमा उत्खनन नै गर्न नहुने तर्क विज्ञहरुले गर्दै आएका छन्। तर, तिनाउमा उत्खनन भने अनियमत रुपमा हुँदै आएको छ।

प्रकाशित: २३ जेष्ठ २०७६ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App