coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विद्युतीय स्कुटर दर्ता नगरी चलाए कारवाही हुने

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले विद्युतीय स्कुटर अनिवार्य दर्ता गराउन सेवाग्राहीलाई आग्रह गरेको छ। 

यातायात व्यवस्था विभागको परिपत्रअनुसार महाशाखाले विहीबार ट्वीटरमार्फत ‘इलेक्ट्रिक स्कुटरहरु विना दर्ता सडकमा सञ्चालन भएको पाइएको हुँदा त्यस्ता सवारीहरु दर्ता गरेर मात्र सडकमा संचालन गर्न’ भनेको छ।

महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले १५ दिनभित्र विद्युतीय स्कुटर दर्ता गराउन आग्रह गरिएको बताए। ‘यातायात व्यवस्था विभागले दर्ताबिनै सडकमा चल्ने स्कुटरमाथि कारवाही गर्न हामीलाई परिपत्र गरेको छ। १५ दिनभित्र दर्ता नभए कारवाही अघि बढाउँछौं’, पन्तले भने। 

मिति २०७६/०२/२३, ईलेक्ट्रिक स्कुटर संचालन सम्बन्धी जानकारी
----------------------------------------------
ईलेक्ट्रिक स्कुटरहरु विना दर्ता सडकमा संचालन भएको पाईएको हुँदा त्यस्ता सवारीहरु दर्ता गरेर मात्र सडकमा संचालन गर्नुहुन जानकारी गराउछौं । pic.twitter.com/ImiCXGqQ6A

— Metro Traffic (@valleytraffic) June 6, 2019
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App