coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अख्तियारले अटेरी गरेपछि सर्वाेच्च एक्सनमा, सचिवसहित कर्मचारीलाई कारवाहीकाे आदेश

काठमाडौं- सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतलाई असहयोग गरेको भन्दै आयोगकै सचिवसहितका कर्मचारीलाई कारवाहीको लागि आदेश गरेको छ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले अदालतले मागेको फाइल अख्तियारले नपठाउँदा न्याय सम्पादनमा हैरानी पुगेको भन्दै सम्बन्धित सचिव र अन्य अधिकृत कर्मचारीसमेतलाई कारवाहीको आदेश गरेको हो।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा गोविन्दराज जोशीसमेत ६ जना, ताराराज पाण्डे, दिनेशराज जोशी, बासुदेव पन्तलगायतको मुद्दामा अख्तियारले फाइल नपठाएको भन्दै कारवाहीका लागि आदेश गरेको सर्वोच्चले जनाएकाे छ।

भ्रष्टाचार मुद्दामा यस अघि सर्वोच्चले ५ पटकसम्म फाइल माग्ने आदेश गर्दा पनि अभिलेख नपठाएकोले न्याय प्रशासन ऐन २०७३ को दफा १७ अनुसार कारवाही सहित मुद्दामा सुनुवाईका लागि पेश गर्न आदेश गरेको छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App