प्रकाशमानको प्रश्नः धरहरा र रानीपोखरी बनाउन नसक्ने सरकारले ठूला कुरा गर्न सुहाउँछ?

बिहिबार, २३ जेठ २०७६, १४ : ०६ नागरिक

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आकार बढे पनि सरकारले ल्याएको बजेट फितलो भएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा आर्थिक वर्ष २०७६÷०७७ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस सांसद सिंहले बजेटले जनतालाई उत्साह बनाउन नसकेको आरोप लगाएका हुन्। ‘भूकम्पले भत्काएको धरहरा र रानीपोखरी बनाउन नसक्ने सरकारले प्रदेशमा ठूला कुरा गर्छु भनेको सुहाउँछ?’ सांसद सिंहले प्रश्न गरे, ‘काठमाडौं हिलो र धूलोको शहरमा परिणत भइरहेको छ, जनताले धूलोको मार खेपिरहेका छन, के सुधार भयो?’

काठमाडौं क्षेत्र नम्बर १ का सांसद समेत रहेका नेता सिंहले कमिसनको खेलका कारण मेलम्ची आयोजनालाई अलपत्र पारिएको आरोप लगाए। ‘मेलम्चीको कुरा व्यवस्था परिवर्तन भइसक्यो, ठेकेदार अन्तिम समयमा किन गयो? कमिसनको खेलबाट भागेर गयो’, उनले भने, ‘कहिले दशैंमा कहिले नयाँ वर्षमा आउँछ भन्नेरु  खोइ त मेलम्ची आएको?’

उनले बलियो सरकारले कमजोर मनस्थितिको बजेट ल्याएको धारणा राखे। संघीयता कार्यान्वयनको प्रतिवद्धता देखाउन पर्नेमा सरकार त्यसभन्दा पछि हट्दै गएको उनको भनाई छ। प्रदेश र स्थानीय सरकारलाई छुट्याएको बजेट न्यून राखिएबाट नै सरकारको संघीयताप्रतिको प्रतिवद्धता स्पष्ट देखिएको सिंहले बताए। सुरक्षित बसोबासको व्यवस्था गर्नका लागि पनि बजेटले ठोस योजना ल्याउन नसकेको उनको दाबी छ। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad