coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस सांसदले भने : वृद्धभत्ता ६५ वर्षमै दिइयोस्

काठमाडौं- नेपाली कांग्रेसकी सांसद सितादेवी यादवले वृद्धभत्ताका लागि ७० को उमेरहद हटाउन माग गरेकी छन्। संसदमा बोल्दै उनले ७० बर्षबाट ६५ बर्ष कायम गर्न उनले माग गरिन्। यादवले पुर्ववर्ती सरकारले घोषणा गरेको ४ वटा गम्भीर रोगका विरामीलाई ५ हजार दिने घोषणालाई लागु गर्न सरकारसंग माग गरिन्।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पनि वृद्धभत्ताको उमेतर ६५ वर्ष बनाउन मग गरे। ५२ जिल्लाका मानिसहरुको औसत उमेर ६५ वर्षभन्दा तल रहेकोले यो व्यवस्था गर्न पर्ने उनको भनाई छ।

एमाले सांसद सूर्य प्रसाद पाठकले धौलागिरी अंचलको कालीगण्डकी नदीमा मध्यरातमा नियम विपरित बालुवा निकाल्ने काम भईरहेको भन्दै प्रकृतिको दोहान रोक्नका लागि सरकारको ध्यानाकर्षण गराए। उनले सरकारको ध्यान त्यता जान पर्ने भन्दै शून्य समयमा सबैलाई सचेत हुन आग्रह गरे।

सांसद बोधमाया कुमारी यादव ले धान खेती लगाउने समय नजिकिदै गर्दा किसानले मल र बिउविज नपाएर समस्यामा परेको तर मलखाद खरिदका लागि आएको १ अर्ब रुपैया फ्रिज हुने अवस्थामा पुगेको भन्दै मलखाद र बिउबिजनको पर्याप्त व्यवस्था मिलाउने काम गर्न कृषि मन्त्रीको ध्यानाकर्षण गराइन्।

प्रकाशित: २३ जेष्ठ २०७६ ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App