७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप क्रिकेटः वेस्ट इण्डिज र अष्ट्रेलिया भिड्दै

काठमाडाैं– एकदिवसीय विश्वकपको आजको खेलमा बलिया मानिएका टिमहरु वेस्ट इण्डिज र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै छन्।

नोटिघांममा आज दिउँसो ३ः१५मा हुने खेलमा यी बलिया टोली उत्रने भएका हुन। जारी विश्वकपमा दुबै टोलीले आफ्नो पहिलो खेलमा जित निकालिसकेका छन्। वेस्ट इण्डिजले यस अघिको खेलमा पाकिस्तान माथि ७ विकेटको सहज जित निकालेको थियो त्यस्तै अष्ट्रेलियाले पनि अफगानिस्तान माथि ७ विकेटकै जित निकालेको थियो।

दुवै टोली जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदानमा उत्रने छन्। यी टोलीको पछिल्ला ५ खेललाई हेर्दा अस्ट्रेलियाले ४ जित र वेस्ट इण्डिजले १ जित निकालेको छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App