७ वैशाख २०८१ शुक्रबार
राजनीति

सांसदको गुनासो : शून्य समयमा उठेका विषय सरकारले सुनुवाई गरेन

बिहीबारको संसद बैठक। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- सांसदहरुले शून्य समयमा उठेका आवाजको सरकारबाट सुनुवाई नभएको भन्दै शून्य समयलाई प्रभावकारी बनाउन सभामुखको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको विहिबारको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडाले शून्य समयमा उठेका विषयहरुको सम्बोधन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन्। उनले संसदका आवाजलाई सरकारले व्याकरणको कानले सुन्ने शून्य समय हुनुपर्नेमा अंकगणितको शून्य समय भएको भन्दै सभामुखको ध्यानाकर्षण गराए। उनले भने “शून्य समयको आसय मनसाय चाही संसदको आवाज सरकारले सुन्ने व्याकरणको कानले सुन्ने हो तर गल्तीबस नियमावलिमा अंगगणितको शून्य समय भएछ माननिय सभामुख ज्यू , अनि शून्य मै यो हराए जस्तो लाग्यो। त्यसका बाबजुत पनि शून्य पनि अत्यन्तै शक्तिशाली छ माननिय सभामुख ज्यू , एउटा सहारा पायो भने दश गुना पावरफुल हुन्छ। १ को पछाडि शून्य थपिदिनोस् १० , दशको पछाडि थपिदिनोस् सय सयको पछाडि शून्य हजार। हजारको दशहजार लाख हुन्छ। सभामुख सहारा भएर उभिदिनोस् हामी एक एक वटा शून्य थपिएर दशगुणा पावरफुल हुन्छौ। त्यसपछि शून्य समयको पनि अर्थ होला माननिय सभामुख ज्यू। ”

सांसद लक्ष्मी परियार संसद सचिवालय सिंहदरबारका कर्मचारीले तलब सुविधाको अतिरिक्त ५० प्रतिशत प्रोत्साहन प्राप्त गरेको तर संसद भवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले नपाएको भन्दै समान व्यवहार गर्न सचिवालयको ध्यानाकर्षण गराइन्। उनले लोकसेवा आयोगको विज्ञापनमा समावेशी समानुपातिक प्रणाली नअपनाईएको भन्दै के समानुपातिक समावेशी अन्त्य भएको हो ? भनि प्रश्न गरिन्।

सांसद बिमला विश्वकर्मा र सरवत आरा खानमले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संविधानको मर्म र भावना विपरित भएको भन्दै यथासिघ्र खारेज गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद लालकाजी गुरुङ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २० अर्ब २६ करोड रुपैया बेरुजु भएको देखिएपछि महालेखा परीक्षकको कार्यालयले वेरुजु फस्च्र्यौट गर्न ताकेता गर्दै गर्दा मन्त्रालयले फेरी गोष्ठी गर्ने भनेर करिब २० लाख खर्च गर्न लागेको भन्दै मन्त्रालयभित्रको भ्रष्ट्राचारप्रति सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: २३ जेष्ठ २०७६ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App