coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चालकलाई लुटेर रिजर्भमा लगेको भ्यान नै गायव

इटहरी-मारुती भ्यान रिजर्भमा लिएर गएका युवाको समूहले बुधबार राति सुनसरी नरसिंहमा चालकलाई नियन्त्रणमा लिएर भ्यान गायब बनाएका छन् ।

धरान वडा नं. १९ का केदार भुजेल र इन्द्रबहादुर भुजेलको नाममा दर्ता भएको को १ च ७८४७ नम्बरको मारुती भ्यान रिजर्भमा लिएर गएको बेला चालक धरानकै बिजय राईलाई नियन्त्रणमा लिई तीन जनाको समूहले भ्यान गायब बनाएको प्रहरीले जनाएको छ।

घटनाक्रम अनुसार, बुधबार १०.३० बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानबाट अन्दाजी २२–२३ बर्षका तीन जनाको समूहले नरसिंहमा भ्यान रिजर्भ लगेका थिए । त्यो समूहले नरसिंहमा पुर्याएपछि चालक राईलाई नियन्त्रणमा लिएर उनीसँग भएको नगद, मोवाइल र मारुती भ्यान लिएर गायब पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद घिमिरेले बताए । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

मारुती भ्यान लिएर गायब भएको समूहले एक सातअघि पनि धरानबाट नरसिंहसम्म रिजर्भमा गएका थिए । चालक राईले मारुती भ्यान गायब पार्ने समूहका तिनै जनालाई देख्दा चिने पनि अरु कुनै जानकारी नभएको बताएका छन् ।

प्रकाशित: ११ कार्तिक २०७३ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App