७ वैशाख २०८१ शुक्रबार
अन्य

अलैंची सुकाउने सुधारिएको भट्टी वितरण

कृषक समूहका लागि प्रविधि हस्तान्तरणअन्तर्गत अलैंची सुकाउने सुधारिएको भट्टी हस्तान्तरण गरिँदै। तस्बिरःखगेन्द्र/नागरिक

ताप्लेजुङ–ताप्लेजुङ उद्योग वाणिज्य संघले यहाँको पश्चिमी क्षेत्रका तीन गाउँपालिकाका १–१ वटा कृषक समूहलाई १–१ थान अलैंची सुकाउने सुधारिएको भट्टी वितरण गरेको छ।

बुधबार ताप्लेजुङ उद्योग वाणिज्य संघ मेरिङ्देन, मैवाखोला र मिक्वाखोला गाउँपालिकाका १–१ कृषक समूहका लागि सुधारिएको भट्टी वितरण गरेको हो। ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले अलैंचीमा गुणस्तर कायम राख्न सुधारिएको भट्टी धेरै फाइदाजनक हुने भन्दै धेरै माग आएका क्षेत्र छनोट गरी ३ थान सुधारिएको भट्टी वितरण गरिएको जानकारी दिए।

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले ३ थान सुधारिएको अलैंची भट्टी सम्बन्धित गाउँपालिकाका कृषक समूहले पाउनेगरी वितरण गरेका छन्। वाणिज्य संघका अनुसार मिक्वाखोला गाउँपालिकाको मेवाखोला महिला कृषक समूह, मेरिङ्देन गाउँपालिकाको प्रगतिशील कृषक समूह र मैवाखोला गाउँपालिकाको अजम्बरी आमा समूहलाई सुधारिएको भट्टी वितरण गरिएको छ।

मिक्वाखोला गाउँपालिकाका अध्यक्ष रामकुमार साँवा आफैंले आफ्नो गाउँपालिकाको समूहका लागि आएको सुधारिएको भट्टी ग्रहण गरेका छन्। सबै महिला मात्र आबद्ध रहेको मिक्वाखोला गाउँपालिकाको मेवाखोला महिला कृषक समूह नमुना रहेकोले गाउँपालिकाले सुधारिएको भट्टीका लागि सिफारिस गरेको गाउँपालिका अध्यक्ष साँवाले जानकारी दिए।

नेपाल सरकारको घरेलु तथा साना उद्योग विकास कोषको आर्थिक तथा नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा प्रविधि हस्तान्तरण भएको घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख सुनील आचार्यले जानकारी दिए।

प्रकाशित: २३ जेष्ठ २०७६ ०५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App