८ वैशाख २०८१ शनिबार
समाज

मोस्ट वान्टेडको सूचीमा रहेका राधे पक्राउ

काठमाडाैँ - गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन्। भण्डारी हतियारसहित पक्राउ परेका हुन्। प्रहरीको खोजी सुचीमा रहेका भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका हुन्। प्रहरीले राधेसहित उनका केही सहयोगीलाई समेत पक्राउ गरेको हो।

प्रहरीलाई देखेपछि राधेको समूहले प्रहरीमाथि आक्रमणको प्रयास गरेको थियो। ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धदिङले जनाएको छ।

नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न छन्। धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानीयबासी बताउँछन् ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App