८ वैशाख २०८१ शनिबार
समाज

वातावरण दिवसः सगरमाथाको फोहोर हस्तान्तरण

काठमाडौं – विश्व वातावरण दिवसका अवसरमा सगरमाथाबाट संकलन गरिएको फोहोर पुनःप्रयोगका लागि हस्तान्तरण गरिएको छ। वैशाख १ गतेदेखि लुक्लाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संकलन गरिएको फोहोर बुधबार एक कार्यक्रमकाबीच ‘ब्ल्यु ओस्ट टु भ्यालु’लाई हस्तान्तरण गरिएको हो।

सगरमाथा बेस क्याम्प–१ क्याम्प–२, ३ र ४ हुँदै साउथकोलसम्म ११ हजार किलो फोहर संकलन गरिएकोमा सड्ने गल्ने फोहोर स्थानीय रुपमै व्यवस्थापन गरी पुनः प्रयोग गर्न सकिने फोहोर नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौ ल्याइएको थियो। संकलन भएको फोहोरमध्ये एक हजार किलो फोहोर यस अघि नै उक्त संस्थालाई हस्तान्तरण गरिइसकिएको छ। फोहोर संकलनका क्रममा चार वेवारिसे शवसमेत काठमाडौ ल्याइएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

पर्यटन विभाग, वन तथा वातावरण विभाग, नेपाली सेना, खुम्बु पासाङ ल्हामु गाउँपालिका, कोककोला फाउन्डेशन, नेपाल पर्यटन बोर्ड, भिजिट नेपाल २०२० लगायतको सहभागिता र सहकार्यमा फोहोर संकलन गरिएको थियो। ४५ दिनसम्म लगाएर गरिएको सरसफाई अभियानका लागि १२ जना शेर्पाहरु परिचालित भएका थिए। यसका लागि दुई करोड ३२ लाख खर्च हुने अनुमान थियो। मौसमको खराबीका कारण साउथकोलमा जम्मा गरिएको फोहोर तल झार्न नसकिएको पर्यटन विभागले जनाएको छ।

फोहोर संकलनका लागि पर्यटन विभाग, वातावरण विभाग, नेपाली सेना, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश १, खुम्बु पासाङ ल्हामु गाउँपालिका, नेपाल पर्यटन बोर्ड, भिजिट नेपाल २०२०, नेपाल पर्वतारोहण संघ, कोकाकोला कम्पनी बोटलर्स नेपाल, डब्लुडब्लुएफ नेपाल, प्रभु बैंक, एनएमबी बैंक, नबिल बैंक, सोनाम गियर, तारा एयर र हिमालयन क्याइमेट इनिसियटिभलयातयले सहयोग गरेका थिए।

प्रकाशित: २३ जेष्ठ २०७६ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App