न्याय टुंगो नलागे नेपालका नेता विदेशमा पक्राउ पर्न सक्ने

बिहिबार, २३ जेठ २०७६, ०७ : ५८ नागरिक

काठमाडाैँ - संक्रमणकालीन न्यायलाई सम्बोधन गर्न ढिलाइ भइरहेको भनेर चिन्ता व्यक्त भइरहेका बेला नेपालका लागि अष्ट्रेलियन राजदूत पेटे बुडले नेपाली नेताहरू विदेशमा पक्राउ पर्न सक्ने बताएका छन्। उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गम्भीर प्रकृतिका मानव अधिकार हननका घटनामा प्रत्यक्ष वा अप्रत्क्ष रूपमा सहभागी नेताहरू अष्ट्रेलियालगायतका मुलुकमा भ्रमण गर्दा पक्राउ पर्न सक्ने बताएका हुन्।

मंगलबार उनकै कार्यालयमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा राजदूत बुडले दशक लामो माओवादी द्वन्द्वका बेला भएका गम्भीर किसिमका मानव अधिकार उल्लंघनका घटनालाई सम्बोधन गर्न राजनीतिक दलका नेताले ढिलाइ गरेकोप्रति उनले चासो व्यक्त गरेका हुन्। उनले संक्रमणकालीन न्यायको विषयलाई जतिसक्दो छिटो सम्बोधन गर्न राजनीतिक दलका नेतालाई सुझाव दिएका छन्। राजदूत बुडले शान्तिप्रक्रिया सुरु भएको सन् २००६ देखि हालसम्मको अवस्थासम्म आइपुग्दा यस विषयमा महŒवपूर्ण प्रगति नभएको जनाएका छन्। संक्रमणकालीन न्यायसम्बन्धी दुई निकाय सत्य तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग निष्क्रिय अवस्थामा छन्। द्वन्द्वका बेला गम्भीर मानवअधिकार उल्लंघनका घटनालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि राजनीतिक दलहरूका फरक–फरक धारणा रहेका छन्।

राजदूत बुदले पीडितले स्वतन्त्र रूपमा उजुरी दिएमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गम्भीर किसिमका मानव अधिकार उल्लंघटनका घटनामा संलग्न राजनीतिक दलका नेताहरू संयुक्त राष्ट्रसंघ महासन्धिको विश्वव्यापी क्षेत्राधिकारअन्तर्गत कुनै पनि मुलुकमा पक्राउ पर्न सक्ने जनाएका छन्। सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल जुन २०१६ मा अष्ट्रेलिया जानै लाग्दा अन्तिम समयमा भ्रमण स्थगित गरेका थिए। उनले त्यहाँ सम्भावित पक्राउको त्रासले सो भ्रमण स्थगित गर्नु परेको थियो। मानवताविरोधी युद्ध अपराधको आरोप खेपिरहेकालाई संयुक्त राष्ट्रसंघ महासन्धिमा सहभागी मुलुकमा विश्वव्यापी क्षेत्राधिकार अनुसार पक्राउ पर्न सक्छन्।

त्यतिबेला दाहालको भ्रमण किन स्थगित भएको थियो भन्ने प्रश्नको जवाफमा राजदूत बुदले यस विषयमा जानकारी नभएको बताए। ‘उहाँले किन भ्रमण रद्ध गर्ने निर्णय गर्नुभयो मलाई थाहा छैन, तर संक्रमणकालीन न्याय नेपालको दीर्घकालीन स्थायित्वका लागि निकै महŒवपूर्ण छ। हामी यो विषयलाई अझ अघि बढाउन चाहन्छौँ,’ उनले भने। नेपालले मानव अधिकारको शाख जोगाउनका लागि पनि यो विषयलाई सम्बोधन गर्नुपर्ने उनले बताए। बुडले यो विषयलाई सम्बोधन गर्न असफल भएमा अतिरिक्त क्षेत्रीय तत्वहरू आकर्षित हुने चेतावनी दिएका छन्। उनले राष्ट्रिय मानव अधिकार आयोगको कानुनी संरचना परिवर्तन गर्न लागेको प्रति पनि चासो व्यक्त गरेका छन्। उनले सरकारको प्रस्तावले स्वायत्त आयोगमाथि चुनौती थपिने बताए। उनले सरकारले ल्याउन लागेको नयाँ मिडिया कानुनले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad