४ वैशाख २०८१ मंगलबार
समाज

लामखुट्टेको लार्भा नष्ट गर्न जनपरिचालन

धरान - धरानमा डेंगुका बिरामी भेटिएको झन्डै चार हप्तापछि नियन्त्रण अभियान थालिएको छ। प्रकोप नियन्त्रणभन्दा बाहिर गए पनि नियन्त्रणका लागि जनप्रतिनिधिहरू सक्रिय नभएको आलोचना हुन थालेपछि बल्ल बुधबारदेखि जनचेतनामूलक अभियान सुरु गरिएको हो। प्रिमनसुनमा देखिएको डेंगुको प्रकोप अहिल्यै नियन्त्रणमा नआए मनसुनपछि महामारीको रूप लिन सक्ने भन्दै स्वास्थ्य सेवा विभाग, इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र चिकित्सकहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। उनीहरूले धरानका हरेक घरमा पुगेर लामखुट्टेको अन्डा र लार्भा नष्ट गर्नुपर्ने सुझाव दिइरहे पनि अभियान सुरुआत गर्न भने ढिलाइ भएको थियो।

स्वास्थ्यकर्मी तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गठन गरेको ¥यापिड रेस्पोन्स टिमले पनि निरन्तर आवाज उठाएपछि बुधबारदेखि जनप्रतिनिधिहरूले लार्भा नष्ट गर्ने बृहत् अभियानको सुरुआत गरेको हो। विश्व वातावरण दिवसका अवसरसमेत पारेर बिहानै उपमहानगरपालिका कार्यालयबाट जनचेतनामूलक ¥याली निकालिएको थियो। माइकिङसहितको ¥याली भानुचोक हँुदै बरगाछीसम्म पुगेको थियो। त्यसक्रममा सडक किनारमा भएको मोटरसाइकल वर्कसप तथा ग्यारेजहरूमा राखिएको टायरमा पानी जम्मा भएको र लामखुट्टेको अन्डा, लार्भा भेटिएको ¥यापिड रेस्पोन्स टिमका संयोजक एवं बीपी प्रतिष्ठानका डा। विजयकुमार खनालले जानकारी दिए। ‘मानिसहरूमा जनचेतना जगाउन घरदैलो अभियान नै प्रभावकारी हुन्छ, ¥यालीकै क्रममा भोटेपुल क्षेत्रमा सडक दायाँबायाँ थुप्रै वर्कसपमा टायरमा जम्मा भएको पानीमा लार्भा भेटियो,’ डा। खनालले भने, ‘त्यो पानी फाल्न लगाएर लार्भा नष्ट गर्ने काम भयो।’

¥यालीमा सुनसरीका सहायक सिडिओ ध्रुवकुमार खड्कासहित कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, वडाका जनप्रतिनिधिहरू, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न संघसंस्था र विद्यालयको पनि सहभागिता रहेको थियो। डेंगुविरुद्ध धरानमा बृहत् अभियान सुरुआत भएको र प्रत्येक वडा कार्यालयले टोल, बस्ती र घरघरमा टिम बनाएर लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरुआत गरिने कार्यवाहक मेयर भण्डारीले बताइन्। ‘धरानमा महामारी हुने डर भयो। अब जनचेतना जगाउन घरघरमा पुग्नैपर्ने अवस्था आयो,’ उनले भनिन्, ‘जनप्रतिनिधिहरू, टोल विकास संस्था, सचेत नागरिक, विद्यार्थी सबै परिचालित हुन्छौं।’

धरानमा वैशाख ३१ गतेदेखि नै डेंगुका बिरामी देखिन थालेको थियो। पछिल्लो समय नियन्त्रणबाहिर पुगेको डेंगुका बिरामीको संख्या २ सय नाघिसकेको छ। उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवका अनुसार वडाका जनप्रतिनिधिहरूले वडावासीलाई भेला पार्ने र ¥यापिड रेस्पोन्स टिमका विज्ञहरू पुगेर लामखुट्टेको बासस्थान, अन्डा र लार्भा पत्ता लगाएर नष्ट गर्ने तरिका सिकाउनेछन्।

धरान उपमहानगरपालिका परिसरमा टायरभित्र भेटिएको लार्भा नष्ट गर्दै ¥यापिड रेस्पोन्स टिम। तस्बिर ः रोहित÷नागरिक

प्रकाशित: २३ जेष्ठ २०७६ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App