६ वैशाख २०८१ बिहीबार
राजनीति

सुशोभनको शैली स्याबासी प्रथाजस्तै : रिजाल

काठमाडौं – नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले संविधान निर्मातालाई चिनारी वितरण गर्ने सुशोभनको शैली स्याबासी प्रथाजस्तै भएको बताएका छन्।

‘चित्त बुझेन, अझ पदकमा संविधानलाई आड दिनेगरी कुँदिएका रेखाहरूको कलात्मक प्रस्तुतिले संविधान निर्माण र स्वामित्वबारे अन्यथा सन्देश दियो भन्ने आमचर्चा छ,’ संसद्मा बोल्दै रिजालले भने, ‘सुशोभनको शैली र पदको डिजाइनले संविधान निर्माणका लागि भएको बलिदानीपूर्ण संघर्ष, संविधानको मर्म, भाव र उत्तराधिकारलाई परिलक्षित गर्न नसकेको भन्ने जनगुनासो छ।’ अर्थतन्त्र कृषिमा आधारित हुँदाको बेला बेलायत, स्पेन, रुसदेखि चीन, भारत र हामीकहाँसम्म सबैतिर राज्य र उत्पादन संरचनामा महाराजा, राजा, रजौटा, जमिनदार र जोत्ने किसानबीचको सम्बन्ध शोषण, आश्रय र कथित संरक्षणको हुने गरेको रिजालले बताए।

‘आधुनिक नेपालमा नागरिकबीचको सम्बन्ध त्यस्तो होइन, बराबरीको हुनुपर्छ भनेर नेपालको संविधानमा हामी सबैले सचेत मनले त्यही अंकित ग¥यौं,’ उनले भने। तर त्यसअनुरूपको काम नभएको भन्दै रिजालले संसद्मार्फत ध्यानाकृष्ट गराए।

प्रकाशित: २३ जेष्ठ २०७६ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App