सरकारले कला क्षेत्रमा चाहेर पनि लगानी गर्न सकेनः ज्ञवाली

बुधबार, २२ जेठ २०७६, १९ : ३९ नागरिक

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कलाका क्षेत्रमा चाहेर पनि लगानी गर्न नसकेको बताएका छन्। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले आज आयोजना गरेको ललितकला प्रदर्शनी २०७६ को समापन कार्यक्रममा आज मन्त्री ज्ञवालीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा बढी लगानी गर्नुपर्ने भएकाले अन्य क्षेत्रमा तत्काल चासो दिन नसकेको बताए।

‘कलालाई विकास गर्ने विषयमा सरकार सजग छ’, उनले भने ‘नकारात्मकतालाई सकारात्मक बनाउने काम कलाले गर्नुपर्छ ।’ उनका अनुसार अब सरकारले तीनै वटा प्रतिष्ठानका विषयमा सरकारले उचित निर्णय लिनेछ। नाफाका कुलपति केके कर्माचार्यले प्रतिष्ठानको आफ्नै भवन नभएकाले भाडाको ठाउँमा प्रदर्शनी गर्नुपरेको बताए। ‘प्रतिष्ठानका विषयमा सरकारले अलिकति पनि चासो दिएको छैन’, उनले दुखेसो पोखे।

नाफाका पूर्वकुलपति रागिनी उपाध्यायले नेपाली चित्रकलाले विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने भन्दै सरकारले चित्रकलामार्फत पर्यटक भित्र्याउन सक्नुपर्नेमा जोड दिइन। यही जेठ २ गतेदेखि शुरु भएको प्रदर्शनीमा ५१५ वटा चित्र तथा मूर्ति प्रदर्शनीमा राखिएका थिए जसमा ५०  विद्यालयका विद्यार्थी पनि सहभागी थिए। प्रदर्शनीमा यथार्थवादी चित्रकला, परम्परागत चित्रकला, अमूर्त चित्र, साङ्केतिक चित्रकला आदि प्रदर्शनीमा राखिएका थिए जसमा सातवटै प्रदेशका कलाकारले सहभागिता जनाएका थिए। प्रदर्शनीमा १० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेका थिए। प्रदेशस्तरीय चित्रकलालाई छुट्टाछुट्टै राख्नुपर्ने सुझाव दिएका थिए। रासस








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad