७ वैशाख २०८१ शुक्रबार
अर्थ

पशुपतिकाे सम्पत्ति १ अर्ब २९ करोड नगद, ९ किलो सुन, ३ सय १६ किलो चाँदी

काठमाडाैं– पशुपतिनाथ मन्दिरमा ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको विवरण प्राप्त भएको छ। पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानबिन समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा सो परिमाणको सुन जम्मा भएको उल्लेख गरिएको हो।

त्यसैगरी ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी पनि पशुपतिनाथ मन्दिरमा रहेको पाइएको छानविन समितिका संयोजक डा. मिलनकुमार थापाले जानकारी दिए। समितिका अनुसार सो विवरण विक्रम संवत २०१९ सालदेखि २०७५ सालसम्मको हो। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष समेत रहेका थापाले विक्रम संवत २०१९ सालभन्दा अघिको विवरण भने प्राप्त हुन नसकेको पनि स्पष्ट पारे।

पशुपतिनाथ मन्दिरमा हालसम्म १ अर्ब २९ करोड ३८ लाख ३१ हजार नगद जम्मा गरिएको छ। छानबिन समितिका अनुसार त्यसमध्ये एक अर्बको अक्षय कोष स्थापना गरी सामाजिक सेवाको क्षेत्र तथा विपद् व्यवस्थापनमा खर्च गर्ने गरिएको छ। समितिका संयोजक थापाले हाल मन्दिरको दर्ता प्रमाणित भएका जग्गा ३ हजार ६ सय ६७ रोपनी ४ आना ३ पैसा रहेको पनि जानकारी दिए।

प्रतिवेदनमा पशुपतिनाथ मन्दिरको दर्ता प्रमाणित हुन बाँकी रहेका जग्गा २ सय ३१ रोपनी १० आना १ दाम रहेको पनि सो छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित: २२ जेष्ठ २०७६ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App