लोकसेवा विरुद्ध मुद्दा गर्दै प्रदेश २ सरकार

बुधबार, २२ जेठ २०७६, १६ : १४ रितेश त्रिपाठी

वीरगन्ज– संविधानले निर्दिष्ट गरेको समावेसीको सिद्धान्तलाई लोकसेवा आयोगले मर्दन गरेको भन्दै सोको विरुद्ध आफुहरु बिहीबार सर्वोच्चमा मुद्दा दर्ता गराउन लागेको प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताएका छन्।

प्रदेश सरकारका दुई घटक दलमध्येको राष्ट्रिय जनता पार्टीका प्रदेश संसदीय दलका नेता समेत रहेका सोनलले संविधान र संघीयतालाई असफल बनाउने उदेश्यका साथ आयोगले आरक्षणको संवैधानिक व्यवस्थालाई उल्लंघन गर्दै पछिल्लो समयम कर्मचारी भर्नाको विज्ञापन प्रकाशन गरेको आरोप लगाए।

उक्त विज्ञापनका लागि निर्णय गर्ने, आदेश दिने र फाइल अगाडि अधिकारीहरु उपर दण्डको माग गर्दै मुद्दा गर्ने उनले जानकारी गराए। ‘भोली (बिहीबार) नै प्रदेश सरकारको तर्फबाट मुद्दा दायर गर्न गइराखेका छौं,’ सोनलले नागरिकलाई भने, ‘हामीलाई अच्चमलागेको छ, यस्तो पनि मनोमानी हुन्छ?आजसम्म आयोगका पदाधीकारी र अधिकृतहरुले संविधाननै पढेका छैनन कि? कि जानीजानी बद्मासी गरेका हुन? एक पटक संविधान पढ्न आग्रह गर्छु।’

प्रदेश सरकारले यसलाई हलुका रुपमा नलिई गम्भीर रुपमा लिएको उनले जानकारी दिए। प्रदेश सरकारले अहिले ‘प्रदेश लोकसेवा आयोग ऐनको विधेयक’ र करार ऐनको विधेयक प्रदेश सभामा लगिसकेको उनले बताए। सो ऐनहरु पारित भएर आइसकेपछि प्रदेशले आफै कर्मचारी भर्ना र प्रहरी भर्ना समेत गर्ने उनले बताए। संविधानको धारा ‘प्रदेश लोक सेवाआयोग सम्वन्धी व्यवस्था’उल्लेख छ। प्रदेशको अयोग स्थापनाहुनु अगाडि अहिले कर्मचारी भर्ना संघको आयोगले गर्न लागेकोमा समावेशी र समानुपतिक प्रतिनिधित्वको व्यवस्था नमानेको देखिएको मन्त्री सोनलको भनाई छ।

अहिले संघीय लोक सेवाआयोगले जेठ १५ गते ९ हजार १ सय ६१ पदका लागि आह्वान गरेको विज्ञापन संविधानले प्रत्याभूत गरेको समावेशी समानुपातिक सिद्धान्त अनुसार नभएको भन्दै संघीय संसदमासमेत कुरा उठेपछि संघीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले त्यसबारे आयोगसँग दुई दिन अगाडी छलफल गरेको थियो।

लोकसेवाआयोगले निकालेको उक्त बिज्ञापन संविधानले प्रत्याभूत गरेको समावेशी समानुपातिक सिद्धान्त अनुसार नभएकोभन्दै संघीय राजधानी काठमाडौंमा दिनहुँ विरोध भइरहँदा यता प्रदेशका मन्त्रीले मुद्दा गर्ने बताएका हुन्। दलित, मधेशी, मुस्लिम तथा अल्पसंख्यकको प्रतिशत कम भएको सोनलले बताए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad