८ वैशाख २०८१ शनिबार
समाज

अवैध सुर्ती बरामद

उदयपुर- राजश्व छली गरेर जिल्ला भित्र्याउँदे गरेको ठूलो परिमाणको अवैध सुर्तीजन्य पदार्थ उदयपुर प्रहरीले मंगलबार बरामद गरेको छ। आन्तरिक राजश्व कार्यालयको स्टीकर नटाँसिएको अवस्थाको साढे ४ लाख बराबरको अवैध सुर्तीजन्य पदार्थ विहान साढे ७ बजे प्रहरीले बरामद गरेको हो।

गाईघाट बजार र बोक्सेको बीच त्रियुगा नगरपालिका १० बाँसघारीस्थित सडकमा जिल्ला ट्राफिक कार्यालय र प्रहरीको संयुक्त टोलीले नियमित चेकजाँच गर्ने क्रममा उक्त अवैध सुर्तिजन्य पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। बरामद सुर्ती को १ ज २६९३ नं. को बोलेरो पिकअप भ्यानमा राखेर गाईघाटको अज्ञात पसलतर्फ ल्याउँदै गरेका बेला फेला परेको प्रहरी भनाई छ। गाडीलाई शंका लागी चेकजाँच गर्दा ४५ बोरा अवैध सुर्तीजन्य पदार्थ पक्राउ परेको मंगलबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढा मगरले बताए। सुर्ती बोक्ने गाडी, चालक र गाडी साहुलाई तत्काल नियन्त्रणमा लिएर राखिएको जानकारी दिए। गाडी चालक सुनसरी धरान उपमहानगरपालिका ११ का २४ वर्षीय दिपक नेपाली र सोही उपमहानगरपालिका १६ का ३२ वर्षीय मानबहादुर तामाङलाई पक्राउ गरिएको उनले बताए।

पत्रकार सम्मेलनमा प्रहरीद्वारा जारी विज्ञप्ती अनुसार साढे ४ लाखको सुर्ती र ५ लाख बराबरको बोलेरो पिकअप गरी ९ लाख बराबरको धनमाल बरामद भएको उल्लेख छ। बरामद सुर्ती र गाडी प्रहरीले आवश्यक कारबाहीका लागि राजश्व कार्यालय इटहरी पठाएको जनाएको छ।

               

प्रकाशित: २२ जेष्ठ २०७६ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App