६ वैशाख २०८१ बिहीबार
समाज

डोल्पाका पर्यटकीय गाउँमा होमस्टे

डोल्पा- पर्यटकमैत्री बासस्थानको लागि पर्यटकीय सम्पदाले धनि हिमाली जिल्ला डोल्पामा पहिलो पटक पर्यटकमैत्री घरवास कार्यक्रम लागु भएको छ।

प्रशस्त पर्यटन विकासको सम्भावना बोकेर पनि ब्यवस्थित बासस्थानको अभावमा पर्यटकको डोल्पा बसाई छोटो हुने गर्दै आएको छ।

पर्यटकमैत्री बासस्थानको ब्यवस्था गरि डोल्पा हेर्न आउने पर्यटकहरुको डोल्पा बसाईलाइ लामो बनाउन पहिलो पटक पर्यटनमैत्री घरबास कार्यक्रम लागु गरिएको हो।

धार्मिक पर्यटन महत्व बोकेको श्री बाला त्रिपुरासुन्दरी भगवतीको मन्दिर मुक्तिनाथ जाने पर्यटकीय पदमार्गमा पर्ने उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका वडा नम्बर ४ मा पर्ने काककोट लगायतका डोल्पाका तीन पर्यटकीय गाउँमा पर्यटनमैत्री घरबास कार्यक्रम लागु भएको छ।

फोक्सुण्डो ताल ,उच्चमानव बस्ती धो उपत्याका ,शे गुम्बा, रुपगाड र शहरतारा स्थित तातोपानीका मुहान लगायतका दुई दर्जन बढी पर्यटकीय महत्व बोकेका अन्य सम्पदाहरु डोल्पमा छन।

तर सडक यातायातबाट डोल्पा प्रवेशको प्रवेशद्वार मानिएको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट र डोल्पा हुँदै मुस्ताङ प्रवेश मार्गमा पर्ने काककोट गाउँमा पाइलट कार्यक्रमको रुपमा घरबास कार्यक्रम लागु गरिएको डिभिजन बन कार्यालय डोल्पाले जनाएको छ।

डोल्पा आउने पर्यटकहरुले डोल्पा बसाई अवधीमा अर्गानिक महशुस गर्न सकुन केहि समय थप गरेर भएपनि बस्न पाइयोस भन्ने अनुभूति उनीहरुमा जागृत गराउन सकियोस भनेर पर्यटन मैत्री बासस्थानको लागि ब्यवस्थित घरबास (होमस्टे) संचालन प्रकृया शुरु गरिएको डिभिजन बन कार्यालय दुनैका प्रमुख नरबहादुर क्षेत्रीले बताए।

घरबास कार्यक्रमले पर्यटकहरुको आगमनमा बृद्दि भई सर्बसाधारणको आर्थिक आयमा बृद्दि हुने अपेक्षा गरिएको छ।

कार्यक्रम प्रभावकारी भई सकारात्मक प्रभाव छोड्न सफल भएमा डोल्पाका फोक्सुण्डो धो सालदाङ लगायतका अन्य पर्यटकीय गाउँहरुमा समेत कार्यक्रम लागु गरिने प्रमुख क्षेत्रीले बताए।

कर्णाली प्रदेश सरकारले होमस्टे(घरबास) कार्यक्रमको लागि त्रिपुरासुन्दरी नगरपालिका १ का लागि ३० लाख छार्काताङसोङको काककोटको लागि ३५ लाख र त्रिपुरासुन्दरी नगरपालिका अन्तरगत कोट बगर घरबासको लागि २५ हजार गरेर झण्डै एक करोड रुपैया उपलब्ध गराएको छ।

घरवासको लागि छनौट गरिएका गाउँमा उपलब्ध रकमले पर्यटक मैत्री घरवासको लागि भौतिक संरचना निर्माण कोठा सजावटका सामाग्री खरिद एवं सामुहिक भोजन भवन निर्माण र स्थानीय भेषभूषा कलासंस्कृति झल्कने पहिरन ब्यवस्थापनमा खर्च गर्न सकिने छ।

प्रदेश सरकारले घरबासको लागि उपलब्ध गराएको रकम दुरुपयोग नहोस सहि उदद्देश्यमा खर्च गर्न सकियोस भनेर ब्यक्तिलाई भन्दा समूह र समितिलाई प्राथमिकता दिएर प्रकृयागत रुपमा प्रस्तावना माग गरि छनौट भएका तीन समूह र समितलाई कार्यक्रम दिइएको डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ।

पहिलो पटक घरबास कार्यक्रम संचालनको लागि त्रिपुरासुन्दरी नगरपालिका १ कोट गाउँ घरवास र त्रिपुराकोट बगर बजार घरबासको लागि स्थानीय बौद्दसिं कठायत र छक्कबहादुर धरला संलग्न रहेको समिति छार्काताङसोङ गाउँपालिका काककोटका लागि सुज्र्य गुरुङ्गको समुहले जिम्मेवारी पाएका छन।

डोल्पाको धार्मिक पर्यटकीय महत्व बोकेको श्रीबालात्रिपुरासुन्दरी भगवतीको मन्दिर फेदैमा घरवास कार्यक्रमको लागि छनौट गरिएको सुन्दर पर्यटकीय नगरी त्रिपुराकोट बगरबजार। तस्बिर : नागरिक

प्रकाशित: २२ जेष्ठ २०७६ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App