८ वैशाख २०८१ शनिबार
अन्य

फेमिली स्कुटर डेस्टिनी

नयाँ स्कुटर किन्ने योजनामा हुनुहुन्छ? ‘फेमिली स्कुटर डेस्टिनी १२५’ तपाईंको लागि विकल्प हुनसक्छ।

किन त ? यो स्कुटर विगतमा बजारमा आएका स्कुटर भन्दा भिन्न छ। सवारी एक्लै प्रयोग गर्ने साधन होइन। स्कुटर किनेपछि परिवारका सबै सदस्यले प्रयोग गर्ने मोडलको हुनुपर्छ। परिवारलाई लक्षित गरेर विश्वकै सर्वाधिक ठूलो टू–ह्विलर निर्माता हिरो मोटोकर्प लिमिटेडले बजारमा ‘फेमिली स्कुटर’ ल्याएको हो।

हिरो मोटोकर्पले उत्पादन गरको स्कुटर नेपाल जनरल मार्केटिङले यहाँ बिक्री गर्छ। बजारमा बिक्री भैरहेका स्कुटर भन्दा ‘फेमिली स्कुटर डेस्टिनी १२५’ निकै फरक रहेको नेपाल जनरल मार्केटिङकी मिडिया कोर्ओडिनेटर शितल दाहालले बताइन्, ‘यो परिवारलाई लक्षित गरेर तयार गरेको स्कुटर हो। सामान ओसारपसार गर्न पनि सजिलो हुन्छ।’

उक्त स्कुटरको मूल्य पनि रिजनेबल छ। डेस्टिनीको मूल्य भ्याटसहित दुई लाख ६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आइथ्रीएस प्रविधि सहितको यो स्कुटर अत्यन्त शक्तिशाली र विशेष गुण भएको कम्पनीले जनाएको छ। डेस्टिनी १२५ को प्रस्तुतिले हिरो मोटरकर्पले नेपालमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै लैजाने जनाएको छ।

टु–ह्विलर निर्माता कम्पनीले विभिन्न मोडलका बाइक, स्कुटर निकाल्दै आएका छन्। हिरो मोटोकर्पको यसअघिका तीन वटा स्कुटरहरू १०० सिसि प्लेजर, ११० सिसि माइष्ट्रो एज र ११० सिसी डुयट स्कुटर सेगमेन्टमा बलियो उपस्थितीमा रहेको पनि स्मरण गरेको छ। यसका अतिरिक्त डेस्टिनी १२५ समेत थपिनाले तीव्र गतिमा बजार विस्तार भैरहेको देखिन्छ। कम्पनीले आफ्नो उपस्थिति जनाएको छ।

नोबर रेड, चेष्टनट ब्रोन्ज, पर्ल ह्वाइट र व्यान्थर ब्ल्याकमा यो स्टाइलिस नयाँ स्कुटर वैशाख पहिलो हप्तादेखि देशभर रहेका हिरो मोटरसाइकलका शोरुमहरूमा बिक्री भैरहेका छन्। बिक्री शुभारम्भ समारोहमा हिरो मोटोकर्प, ग्लोबल बिजनेस, स्ट्राट्जी एण्ड पर्फर्मेन्स ट्रान्सफर्मेसन प्रमुख रजत भार्गभले मोटोकर्पको लागि नेपाल अत्यन्त महत्वपूर्ण बजार भएको बताएका थिए।

विशेषता
स्टाइल, पावर र प्रविधिमा विशेष संयोजन रहेको नयाँ डेस्टिनी १२५ नेपालको पहिलो र एकमात्र फेमिली स्कुटर भएको कम्पनीको दाबी छ। जसमा हिरोको प्रविधिमा आधारित अत्यन्त क्षमतावान आइडल स्टार्ट–स्टप–सिस्टम जडान गरिएको छ।
स्मार्ट प्रविधि
स्कुटर सेगमेन्टमा पहिलो पटक डेस्टिनी १२५ मा माइलेजको लागि हिरोको आविष्कार आइडल स्टार्ट–स्टप–सिस्टम जडान गरेको छ। यसमा अझ थप विशेषताहरू– डिजिटल एनलग स्पिडोेमिटर, साइड स्ट्याण्ड इन्डिकेटर र सर्भिस ड्यू रिमाइण्डर छन्।
प्रिमियम स्टाइल
यो स्कुटर परिवारमात्र नभएर कामकाजी युवा पुस्ताले पनि प्रयोग गर्न सक्छन्। युवापुस्तालाई समेत आकर्षित गर्ने लक्ष्य कम्पनी प्रिमियम स्टाइलिस बनाएको छ। डेस्टिनी १२५ आधुनिक र प्रिमियम स्कुटरको चाहनालाई पूरा गर्न सम्पूर्ण रुपमा स्टाइलमय प्याकहरूले सुसज्जित भएको कम्पनीले जनाएको छ। स्कुटरमा प्रिमियम बडी, सिग्नेचर टेल लाइट र विङकर बत्ती, स्टाइलिस काष्ट ह्विल, बडी रङ्गको ऐनाहरू र डुयल टोन सिट कभर राखिएको छ। ‘परिवारमात्र नभएर अहिलेका युवायुवतीले पनि प्रयोग गर्न सक्छन्,’ दाहालले भनिन्।
सुविधाजनक
सवारी साधन प्रयोगकर्ताले हरेक कुरा सुविधा र नयाँपन खोजिरहेका हुन्छन्। यो स्कुटरमा डिक्की खोलेर पेट्रोल भर्नु पर्दैन। सजिलोको लागि बाहिरबाटै इन्धन भर्ने व्यवस्था मिलाइएको छ। स्कुटरको चाबी रिमोटबाट खोल्न सकिन्छ। स्कुटरमा भएको टेलिस्कोपिक सस्पेन्सन र एकीकृत ब्रेकिङ्ग प्रणालीले आरामादायी यात्राकोे अनुभूति दिलाउँछ। ‘आरामदायी यात्राका लागि डेस्टिनि १२५ उपयुक्त छ,’ दाहालले भनिन्।यात्रामा निस्किँदा मोवाइल चार्ज गर्न सजिलोको लागि मोबाइल चार्ज गर्ने मिल्ने बनाइएको छ। बूट लाइटलगायतका विशेष सुविधाहरू स्कुटरमा छन्। प्रस्तुतिः दिलीप पौडेल

 

प्रकाशित: २२ जेष्ठ २०७६ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App