८ वैशाख २०८१ शनिबार
अन्य

‘वेस्टन किचेन एन्ड अर्ग्यानिक कफी हाउस’को फरक स्वाद

चार वर्षको विदेश बसाइपछि नेपालमै केही गर्नुपर्छ भनी रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्, गणेश दोङ। विदेशमा कमाइ चित्त बुझ्दो भए पनि आफ्नै केही गर्ने सपनाले उनलाई सताइरह्यो। बिदामा नेपाल आएका उनी फर्केर काम गर्न विदेश त गए तर एक हप्तामै काममा राजीनामा दिएर नेपाल फर्किए। नेपाल आएपछि ‘वयस्र्टन किचेन एन्ड अग्र्यानिक कफी हाउस’ सञ्चालन गरे। गणेश आफैँ पनि सेफ हुन्, रेस्टुरेन्टमा सेफ नभएको समयमा अथवा ग्राहकको चाप धेरै भएको समयमा आफैँ खानाका परिकारहरु बनाउन कस्सिन्छन्। ठमेलको ज्याथा चोकदेखि ५० किलो मिटरभित्र रहेको ‘वयस्र्टन किचेन एन्ड अग्र्यानिक कफी हाउस’मा स्वदेशीदेखि विदेशी ग्राहकहरुको भीड लाग्ने गर्छ। अग्यार्निक खानाहरुलाई विशेष प्राथमिकता दिने उनी बताउँछन्। गर्न सकियो भने नेपालमा धेरै अवसर रहेको उनी अनुभव सुनाउँछन्।
‘वयस्र्टन किचेन एन्ड अग्र्यानिक कफी हाउस’ मा रहेका विशेष परिकारहरुः

ढिँडोः
वयस्र्टन किचेनमा ढिँंडोको स्वादसमेत लिन सकिन्छ। ‘वयस्र्टन किचेन एन्ड अग्र्यानिक कफी हाउस’ मै फलेर पिसिएको पिठोबाट ढिँडो तयार गरिने सञ्चालक दोङ बताउँछन्। गर्मी मौसममा भन्दा चिसो मौसममा ढिँडोको माग धेरै हुने उनी बताउँछन्। ढिँडो खान आउने ग्राहकले तयार हुने समयसम्म प्रतिक्षा गर्नुपर्ने उनी बताउँछन्। ‘ढिँडो बनाउन र ढिँडोसँग खाने साइड डिस तयार गर्न समय लाग्ने भएर पहिला नै अर्डर गर्नुपर्छ’ उनले बताए।  लोकल कुखुरा, मटन, चिकेनलगायत अर्डरअनुसारको मासुको परिकारसँग ढिँडो खान सकिन्छ। गाँउको लोकल घ्यू, मौसमी तरकारी, सलाद, गुन्द्रुकको अचार, पापडलगायतका साइड डिससँग ढिँडोको स्वाद लिन सकिने उनी बताउँछन्। ‘वयस्र्टन किचेन एन्ड अग्र्यानिक कफी हाउस’ मा कोदो, मकैको ढिँडो मात्र नभएर मकैको च्याख्ला र सिस्नुको सागसमेत खान सकिने उनले बताए।

गोल्डेन क्रिस्पी चिकेनः
‘वयस्टर्न किचेन एन्ड अग्र्यानिक कफी हाउस’ को खानाको परिकारहरुमध्ये गोल्डेन क्रिस्पी चिकेन विशेष रहेको सञ्चालक गणेश बताउँछन्। चिकेनको लेग पिस, अन्डाको सेतो भाग, मैदाको घोल, साल्ट् पेपर, अमेरिकन सस, ब्ल्याक पेपर, ब्रेड कम (थाई पाउरोटीको धुलो) को पेस्टमा चिकेनलाई मज्जाले मिक्स गरेर डिप फ्राई गरेर तयार गरिन्छ। सानो आँचमा पकाउने भएकाले गोल्डेन चिकेनको स्वाद निकै स्वादिलो हुने उनी बनाउँछन्। ‘वयस्टर्न किचेन एन्ड अग्र्यानिक कफी हाउस’ मा आउँने अधिकांश ग्राहकको रोजाइमा गोल्डेन चिकेन पर्ने उनी बताउँछन्।

चिज पनिरः
चिज पनिर खासमा भेज खानाको परिकार खोज्नेहरुका लागि विशेष खानाको परिकार रहेको सञ्चालक बताउँछन्। चिज पनिरमा चिज र पनिरको कम्बिनेसन निकै स्वादिलो र फरक पाउन सकिन्छ। विशेष भारतीय ग्राहकहरु खान आउँदा भेजका लागि विशेष रहेको उनले बताए। वयस्र्टन चिकेनमा चिज पनिर फरक स्वाद हो। ‘चिज पनिर हाम्रो वयस्र्टन किचेन एन्ड अग्र्यानिक कफी हाउसमा मात्र पाइन्छ, यो हाम्रो रेस्टुरेन्टको विशेष परिकार हो’ उनले भने। साल्ट् पेपर, ब्ल्याक पेपर, अन्डाको सेतो भाग र चिज पनिर तात्तातो खानु राम्रो मानिन्छ। मेन कोर्षको रुपमा चिज पनिर र साइड डिसको रुपमा सुपको स्वाद लिन सकिन्छ। चिज पनिरमा, पनिर फ्राई गरेपछि चिजले टप गरेर तयार पारिन्छ।

फ्रेन्च टोस्टः
फ्रेन्च टोस्टलाई ब्रेकफास्टको रुपमा खान सकिन्छ। अन्डामा ब्रेडलाई चोपेर वलिभ वयलमा तारेर तयार गरिने उनले बताए। तातो फ्रेन्च टोस्ट खाँदा मुलायम हुने भएकाले चिया वा कफीसँग खान सकिने उनले बताए। ब्ल्याक पेपर, लसुन अदुवाको पेस्ट, अन्डाको स्वाद खान सकिन्छ। वयस्र्टन किचेन एन्ड अग्र्यानिक कफी हाउसमा सामान्यतयाः बिहानको खान्कीको रुपमा फ्रेन्च ब्रेडलाई प्रयोग गर्ने उनी बताउँछन्।

स्पागेट्टी नेपोली तानाः
स्पागेट्टी नेपोली ताना इटालिएन फुड हो। स्पागेट्टीको स्वाद रुचाउनेहरुका लागि स्पागेट्टी नेपोली ताना राम्रो विकल्प हुन सक्छ। लामो र पातलो डिजाइनको पास्ता हो, स्पागेट्टी। स्पागेट्टी नेपालमा नपाइने भएकाले बाहिरबाट मगाउनुपर्ने उनी बताउँछन्। स्पागेट्टी नेपोली ताना मेन कोर्षअन्तर्गत पर्छ। स्पागेट्टी नेपोली तानालाई खाजाको रुपमा खाने उनी बताउँछन्। पास्ताअन्तर्गत पर्ने स्पागेट्टी नेपोली तानामा माथिबाट चिजले टप गरिएको हुन्छ। चिज र स्पागेट्टी, टोम्याटो सस, रोजमेरी, ओरीग्यानोको स्वाद खान सकिन्छ। विदेशी ग्राहकहरुले खानाको रुपमा स्पागेट्टी नेपोली ताना मगाउने उनी बताउँछन्।

वयस्र्टन किचेन स्पेसल लस्सीः
‘वयस्र्टन किचेन एन्ड अग्र्यानिक कफी हाउस’ स्पेसल लस्सी प्रायः ग्राहकहरुको प्रिय पदार्थ हो। उखर्मौलो गर्मीबाट शीतल महसुुुस गर्न अधिकांशले वयस्र्टन किचेन स्पेसल लस्सी खाने सञ्चालक गणेश दोङ बताउँछन्। विभिन्न प्रकारका मौसमी फलफूल, दही, ड्राई फुड र वयस्र्टन किचेन स्पेसल लस्सीमा राखिने मसला राखेर तयार पारिने उनी बताउँछन्। ‘हामीले आफैँ उत्पादन गरेको मसला छ, खासमा लस्सीका लागि भनेर विशेष बनाइएको छ,’ उनले भने।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App