सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सुरु

बुधबार, २२ जेठ २०७६, १३ : १४ नागरिक

काठमाडौं- नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सूरु भएको छ। प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रिय विभागको संयुक्त आयोजनामा बुधबारबाट ललितपुरमा सो सम्मेलनको शुभारम्भ गरिएको हो।

सार्क क्षेत्रमा भएका विज्ञान र प्रविधिको उपलब्धिहरुको अनुभव साटासाट गर्ने उद्देश्यका साथ आयोजना गरिएको सो सम्मेलनको उद्घाटन गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिवी हटाउने गरी विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्न युवा वैज्ञानिकहरुलाई आह्वान गरे। उनले सरकारले विज्ञान र प्रविधिको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको स्पष्ट पार्दै सोही अनुसारको वैज्ञानिक खोज तथा अनुसन्धानमा लाग्नुपर्नेमा पनि जोड दिए। नेता नेपालले जमिन, पानी र वन क्षेत्रको उचित परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पारे।

२ दिनसम्म चल्ने सम्मेलनमा जर्मनी, बेलायत, फिनल्याण्डसहितका देशका युवा वैज्ञानिकहरु पनि सहभागी भएका छन। सम्मेलनमा १६ वटा अन्तराष्ट्रिय युवा वैज्ञानिकहरुको कार्यपत्र प्रस्तुत हुनेछ। त्यसैगरी नेपालका ३५ जना युवा बैज्ञानिकहरुले पनि विज्ञान तथा प्रविधिको विकासमा केन्द्रित भएर आफ्नो कार्यपत्र प्रस्तुत गर्नु हुने कार्यक्रम तय गरिएको छ।





यसमा तपाईको मत

अन्य समाचार

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

Ncell Footer Ad