coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

योजना आयोग परिसरमा प्रधानमन्त्री ओलीद्वारा वृक्षारोपण

काठमाडौं - विश्व वातावरण दिवसका अवसरमा प्रधानन्त्री केपी शर्मा ओलीले  सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा  विरुवा रोपेका छन्। एक नेपाली एक विरुवा अभियान अन्तरगत बुधबार एभोकाडोको बोट रोपेका हुन्।

उनले एभोकाडोको बिरुवा रोपेर पानीसमेत हाले। अभियानको निरन्तरता कार्यक्रम’को उद्घाटन समारोहमा सरकारका मन्त्रीहरु, उच्चपदस्थ कर्मचारी, सरकारका सबै निकायका पदाधिकारीलगायतको उपस्थिति थियो। गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रृका यादवलगायतले पनि फलफूलका बिरुवा रोपेका थिए। सरकारले आगामी वर्षलाई वृक्षारोपण वर्षको रुपमा मनाउने घोषणा गरेको छ।

 

प्रकाशित: २२ जेष्ठ २०७६ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App