त्यो त्यहाँ छ त्यसैले

बुधबार, २२ जेठ २०७६, ११ : ३० सम्पादकीय

बेलायती चर्चित आरोही जर्ज मालोरीले सगरमाथा आरोहणका सम्बन्धमा बोलेका तीन शब्द यस क्षेत्रमा अजरअमर छन्– ‘विकज इट्स देअर’ अर्थात् त्यो त्यहाँ छ त्यसैले। सगरमाथा आरोहणकै लागि उनका तीन प्रयास असफल मात्र भएनन्, अन्ततः उनले सगरमाथामै देहत्याग गरे। उनको पहिलो प्रयास सन् १९२१ मा असफल भयो। उनको सन् १९२१ कै दोस्रो प्रयास पनि वियोगान्त बन्यो, जतिबेला हिमपहिरोमा परी सातजना भरियाको मृत्यु भयो। उनी फेरि सन् १९२४ मा सगरमाथा फर्किए। तर उनी त्यही हिउँमा हराए। उनको शव ७५ वर्षपछि सन् १९९९ मा आरोहीहरूले उत्तरी मोहडामा देखेका बेला उनले सगरमाथा आरोहणमा गरेका पटक–पटकका प्रयास र त्यसबारे न्युयोर्क टाइम्सलाई दिएको उद्धरणको चर्चा भएको थियो। उनले भनेका थिए, ‘त्यो त्यहाँ छ, त्यसैले... सगरमाथा विश्वको सर्वोच्च शिखर हो र कुनै पनि मानिस यसको टुप्पोमा पुगेको छैन। त्यसको उपस्थिति नै एक चुनौती हो। यसको सहज उत्तर यसको अंग बन्नु हो, मानिसको इच्छा संसार जित्ने हो भन्ने मलाई लाग्छ।’ जति बेला मालोरी सर्वोच्च शिखरमा पुग्न कोसिस गरिरहेका थिए, त्यति बेलासम्म यो कठिन कार्यका रूपमा रहेको थियो। सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले पहिलो पटक आरोहण गरेपछि संसारको ध्यान यसतर्फ तानियो। हाम्रा कवि धर्मराज थापाले गीतै गाए– ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा...।’

आरोही टोलीसँग जाने र आधार शिविरसम्म पनि नपुगी फर्केर लाभान्वित हुने अहिलेको अवस्थामा परिवर्तन त्यत्तिकै आवश्यक छ। सगरमाथा यहाँ छ, त्यसैले आरोहीहरू यहाँ भविष्यसम्म आइरहनुपर्छ। यसलाई व्यवस्थित गरेर आरोहण व्यवसायलाई मर्यादित तुल्याउन सकिएन भने हाम्रो गौरव लज्जाको विषय बन्नसक्छ।

सगरमाथा हाम्रो मुकुट हो। यसले हाम्रो मुलुकलाई अन्तर्राष्ट्रिय पहिचान दिएको छ। संसारभरका साहसिक पर्यटनमा लागेका व्यक्ति सगरमाथा यहाँ भएकै कारण आउने गर्छन्। संसारमा यही मात्र एउटा छ। त्यसैले यहाँ नआई सुखै छैन। जति बेला मालोरी र उनीजस्तै आरोहीले सगरमाथाको शिर चुम्न खोजेका थिए, त्यसबेला अहिलेजस्तो सजिलो थिएन। प्रविधि, अनुभव र निरन्तरको प्रयासले आरोहण एउटा कठिन कार्य भए पनि असम्भव रहेन। आरोहणको यो वसन्तयाममा मात्र करिब ६ सय जनाले सर्वोच्च शिखर चुम्न सफल भएका छन्। यति धेरैले आरोहण गरिरहे पनि सर्वोच्च शिखरप्रतिको आकर्षण कम भएको छैन। तर पछिल्ला वर्षमा सगरमाथा आरोहण राम्राभन्दा नराम्रा कारणले बढी चर्चामा रहने गरेको छ। यस वर्षको आरोहणका बेला पनि सगरमाथा शिखरमा पुग्न लाम लागेको र भिडाम्भिड अवस्था अन्तर्राष्ट्रिय प्रेसको आकर्षण बनेको छ। सगरमाथामा भएको प्रदूषण र कोलाहलसमेत चर्चाको विषय बन्दै आएको छ। कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा पाँच प्रतिशतभन्दा कम योगदान रहे पनि पर्यटन हाम्रो मुलुकसँग जोडिएको एउटा महŒवपूर्ण पक्ष हो। प्रकृतिको वरदानका रूपमा रहेका लहरा, पहरा, छहरा सबै हाम्रो पर्यटन प्रवद्र्धनका लागि महŒवपूर्ण सम्पदा हुन्। तिनको बुद्धिमत्तापूर्ण प्रयोगले मात्र आगामी वर्ष २०२० मा आयोजना हुने भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउन सम्भव छ। त्यसका लागि यस क्षेत्रमा भित्रभित्रै फैलिन थालेका विकृतिको अन्त्य अपरिहार्य छ।

सगरमाथा आरोहणका क्रममा पछिल्लो समय देखिएका विकृतिले भने मुलुककै छवि धराशयी बन्ने अवस्था आउँदै छ। ‘फेक रेस्क्यु’का नाममा पदयात्रा व्यवसाय बदनाम भइरहेका बेला आरोहणमा पनि विभिन्न विकृतिहरू रहेको तथ्य सार्वजनिक भएको छ। कमभन्दा कम रकममा आरोहीलाई शिखरमा पु¥याउने प्रतिस्पर्धाले गुणस्तरीय पर्यटनमा सहयोग पु¥याउन सक्दैन। यसरी गरिने प्रतिस्पर्धाले आरोहणका क्रममा हुने मृत्यु संख्या बढिरहेको देखिन्छ। विगतका वर्षमा झैं यो वर्ष पनि करिब २० जनाको मृत्यु हुनु आफैंमा चिन्ताको विषय हो। त्यसमा पनि आरोहणका लागि करिब २५ लाख रुपैयाँ खर्च गरे पुग्ने तर त्यही आरोहीको मृत्यु भए शव निकाल्न १ करोड रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्थाले आरोहण क्षेत्रले थप बदनामी कमाउने अवस्था सिर्जना भएको छ। सगरमाथा आरोहणमा लैजान क्षमता पुग्ने व्यक्ति नै प्राथमिकतामा पर्नुपर्छ। आरोहणको क्रममा समस्या देखिएमा तत्काल फिर्ता पठाउने र मृत्युको खेलबाट जोगाउने अभ्यास हुनु उत्तिकै आवश्यक छ। आरोहण क्षेत्रमा अहिले देखिएका विकृति अन्त्य गरी यसलाई थप मर्यादित तुल्याउन सरोकारवालाले महŒवपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ। त्यसमा पनि नेतृत्वकर्ता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नियमनकारी भूमिका कमजोर भएको छ। सगरमाथासम्म जाने सम्पर्क अधिकृतको काम यस क्षेत्रमा रहेका विकृति अन्त्यका लागि पहल गर्ने पनि हो। खालि आरोही टोलीसँग जाने र आधार शिविरसम्म पनि नपुगी फर्केर लाभान्वित हुने अहिलेको अवस्थामा परिवर्तन त्यत्तिकै आवश्यक छ। सगरमाथा यहाँ छ, त्यसैले आरोहीहरू यहाँ भविष्यसम्म आइरहनुपर्छ। यसलाई व्यवस्थित गरेर आरोहण व्यवसायलाई मर्यादित तुल्याउन सकिएन भने हाम्रो गौरव लज्जाको विषय बन्नसक्छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad