‘लिभर सिरोसिस’को उच्च जोखिम

बुधबार, २२ जेठ २०७६, ११ : २१ लक्ष्मण डंगोल

उचित आहारव्यवहारमा ध्यान नदिँदा कलेजोसम्बन्धी जटिल रोग ‘लिभर सिरोसिस’को जोखिम बढ्दै गएको चिकित्सकहरुको भनाइ छ। लिभर सिरोसिस हुनु भनेको कलेजो (लिभर) मा कडापन हुनु हो। समयमा जोगिने उपाय वा उपचार नपाएमा लिभरले काम गर्न छाड्छ। कालान्तरमा मानिसको मृत्युसमेत हुने गरेको छ।

चिकित्सकहरुका अनुसार नेपालमा कुल जनसंख्याको करिब १ प्रतिशत अर्थात् करिब ३ लाख मानिसमा कलेजोसम्बन्धी रोग हेपाटाइटिस बी, सी, इ र सिरोसिस भएका बिरामी छन्। पछिल्लो समय ‘फ्याटि लिभर’ अर्थात् कलेजोमा बोसोको मात्रा बढेको बिरामीको संख्या बढ्दो क्रममा छ। यसरी कलेजोमा समस्या देखिनुका पछाडि वातावरण प्रदूषण, खानपान तथा अत्यधिक जाँडरक्सी सेवन हो भन्छन्, लिभर फाउन्डेसन नेपालका अनुसन्धानकर्ता डा. सन्तोषमान श्रेष्ठ।

डा. सन्तोषमान श्रेष्ठले नेपालमै बसेर कलेजोसम्बन्धी वैज्ञानिक अध्ययन/अनुसन्धानमा लागेको ३ दशक भैसक्यो। उनकै अगुवाइमा नेपालकै पहिलो वीर अस्पतालमा कलेजो युनिटको स्थापना सन् १९८२ मा भएको थियो। उनको अनुसन्धानले मात्रै होइन, हालैको  वीर अस्पतालको तथ्यांकले पनि कलेजोको बिरामीको संख्या बढ्दोक्रममा देखाउँछ। आर्थिक वर्ष ०७४/०७५ मा मात्रै ४ हजार १ सय १३ बिरामी उपचारार्थ आएका छन्। गत वर्ष करीब तीन हजारको संख्यामा आएको पाइन्छ। जसमध्ये ‘अल्कोहलिक लिभर सिरोसिस’का बरामी १ हजार ७ छन्।

खानपान तथा शारीरिक व्यायामको कमीले ‘लिभर सिरोसिस’ जोकोहीलाई हुनसक्छ, त्यसकारण कलेजोलाई सुरक्षित राख्न खानपानमा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन्।

त्यसो त लिभरसँग जडित अन्य प्रकृतिका रोग ‘फ्याटी लिभर’ अर्थात् बोसोयुक्त कलेजो, कमलपित्त, हेपाटाइटीस बी, सी र ई नभएका होइनन्। ती रोग लागेका मानिसले नियमित रक्सी सेवन गरेमा कम्तीमा छ महिनाभित्रै लिभर सिरोसिस हुन्छ भन्छन् लिभर फाउन्डेसन नेपालका डा. सन्तोषमान श्रेष्ठ। उनका अनुसार छिमेकी देश भारत र चीनमा क्रमशः नेपालको भन्दा ५ र १० गुणा बढी यस्ता रोगी छन्।

नेपालमा कलेजोको अनुसन्धान
डाक्टर सन्तोषमान श्रेष्ठ आफू वीर अस्पतालमा छँदादेखि नै नेपालमा लिभर सिरोसिसको समस्या बढ्न थालेको देखेपछि अध्ययन/अनुसन्धानमा अग्रसर भएको बताउँछन्। उनका अनुसार सन् १९४५ मा दोस्रो विश्वयुद्ध ताका जापानमा सिरोसिस भेटियो। पछि सन् १९७० मा लागूऔषध सेवन गर्नेहरुमा बढी देखियो। त्यस बेला हेपाटाइटीस–सी भएका बिरामीमा लिभर सिरोसिस भएको पाइन्थ्यो। सन् १९६० मा भियतनाम यु्द्धपछि अमेरिकामा पनि लिभर सिरोसिस देखा परेको थियो। ड्रग तथा इन्जेक्सन लिनेहरुको संख्या बढ्न थालेपछि, क्षयरोग तथा दुखाइ कम गर्ने औषधिको प्रयोग बढेपछि लिभरको रोगी बढ्न थालेको देखियो।

‘सुरुमा लिभर सिरोसिस के कारणले भएको थाहा पाउन मुस्किल हुन्थ्यो। अकालमा मानिसको ज्यानै जानेसम्म हुन्थ्यो। ‘अहिले त्यस्तो समस्या छैन तर अध्ययनमा लाग्ने कमै भेटिन्छन्’ उनी बताउँछन्। डा. श्रेष्ठका अनुसार विकसित मुलुक युरोप, अमेरिकातिर उमेरले पचास नाघेका मानिसमा मात्र ‘लिभर सिरोसिस’ पाइन्थ्यो। तर, नेपालमा भने कम उमेरका बालबालिकामा पनि लिभर सिरोसिस देखिएपछि उनको अनुसन्धानको महŒव भयो। लामो अनुसन्धानपछिको निस्कर्षमा प्रदूषित पानीमा भएको शूक्ष्म जीवाणुले बालबालिकाको कलेजोमा इन्फेक्सन पु¥याउँदा सिरोसिस भएको उनी अथ्र्याउँछन्।

अनुसन्धानकै परिणाम हेपाटिक भेनाकाभा सिन्ड्रोम, एचभीसीएस नाम समेत उनैले दिएको बताउँछन्। सुरुमा यस्ता लक्षण हुन्छ भन्ने कुरा जापानी अनुसन्धानकर्ताको सहयोगमा सिद्ध गरेका थिए। सन् २०१५ मा वल्ड जर्नल अफ् हेपाटोलजीमा ‘लिभर सिरोसिस इन हेपाटिक भेनाकाभा सिन्ड्रोम’ भन्ने शीर्षकमा वैज्ञानिक लेखोटसमेत प्रकाशन गरेका थिए। उनले लिभरसम्बन्धी ६० भन्दा बढी वैज्ञानिक लेखोट प्रकाशन गरिसकेका छन्।

डा. श्रेष्ठ नेपाली बालबालिकालाई बाल्यकालमा झाडापखाला नलाग्ने कमै मात्र हुन्छ भन्छन्, त्यस्ता झाडा पखाला लाग्नु भनेको जीवाणुले असर गर्नु हो। एकपटक झाडापखाला लागेपछि कलेजोसँग जोडिएको इन्फेरर भेनाकाभा ‘आइभिसी’ मा समस्या पैदा हुन्छ। त्यस्ता समस्या ३०–४० वर्षपछि लिभर सिरोसिसको कारण भएको उनी बताउँछन्।

डा. श्रेष्ठको वैज्ञानिक लेखोटअनुसार एचभीसीएस कम गुणस्तरको खानापान गर्ने मानिसहरुमा कलेजोको ‘भेन’मा जीवाणु संक्रमण भएपछि देखा पर्दछ। कलेजोसँग जोडिएको ‘हेप्टिक भेन’ जसले विनाअक्सिजनको रगत इन्फेरर भेनाकाभासम्म पुर्याउने गर्दछ। ‘हेप्टिक भेन’ कलेजोको दायाँ, बायाँ र बीचको भागमा हुन्छ।

पानीमा हुने प्रदूषण, बिग्रँदो वातावरण र ब्याक्ट्रेरियल इन्फेक्सनले लिभर पछाडिको ‘भेन’ त्यस्ता संक्रमण गर्दा झनै साँगुरोे भएर जान्छ। साँघुरो भागमा इन्फेक्सन हुन्छ। त्यो इन्फेक्सन भएको ठाँउमा रगत जम्न थाल्छ र लिभरको भेनहरू अवरोध हुन थाल्दछ। त्यो अवरोध भएको वरिपरि लिभरको कोष मर्दै जान्छ अनि बिस्तारै सिरोसिस हुन्छ।

डाक्टर सन्तोषमान श्रेष्ठ भन्छन्, ‘कम गुणस्तरको खानपानका कारण तराईमा लिभरका बिरामीको संख्या बढी छ। उच्च पहाडी भू–भागमा ‘हेपाटाइटिस–बी प्लस’ संक्रमण हुने गरेको पाइएको छ। नेपालमा ‘हेपाटाइटिस–सी’ कम पाइन्छ। ‘हेपाटाइटिस–सी’ लागूपदार्थ दुव्र्यसनी गर्नेहरुमा बढी भेटिन्छन्। हेपाटाइटिस–ई भने उल्लेख्य मात्रामा पाइने चिकित्सहरु उल्लेख गर्छन्।

त्यस्ता हेपाटाइटिस ए, बी, सी तथा रक्सी अधिक खाएर कलेजोमा जटिल समस्या भएपछि देशभरका अस्पताल तथा नर्सिङहोमहरुबाट रिफर भएर बिरामी वीर अस्पताल आउने गरेको लिभर युनिट प्रमुख डा. जितेन्द्रकाजी श्रेष्ठ बताउँछन्। ती बाहेक विदेश जाने बेलामा स्वास्थ्य परीक्षण गराउँदा हेपाटाइटिस बी र सी देखिएपछि पनि वीर अस्पतालमा आउने गरेका छन्।

‘आर्युवेद औषधालय धाएर लिभर खराब भएपछि पनि वीर अस्पताल आउने गरेको छ, लिभर युनिट प्रमुख डा. जीतेन्द्रकाजी श्रेष्ठ भन्छन्, ‘अन्यत्रबाट रिफर भएर आएका बिरामीको संख्या बढी छ। तर हामी सक्षम हुँदा पनि आवश्यक पूर्वाधारको कमीले थप सेवा दिन सकेका छैनौ।’

डा. श्रेष्ठका अनुसार सिरोसिस दुई किसिमले हुन सक्छ। अल्कोहलिक र नन अल्कोहलिक सिरोसिस। तिनीहरु भनेको हेपाटिक भेनाकाभा सिन्ड्रोम तथा  भाइरसका कारणले हुने हेपाटाइटिस बी र सी पनि हुन्छन्। अटो इम्यून डिजिज्, विल्सन डिजिज, हेमाटोकोलजी (तामा बढी जम्मा हुने) फलाम धातुको अवस्था बिग्रनेजस्ता समस्या लिएर बरामी वीर अस्पतालमा आउने गरेका छन्। ‘नन् अल्कोहलिक स्तेतोहेपाटाइटिस सिन्ड्रम’ले शरीरमा कोलस्ट्रोलको मात्रा अधिक भएर कलेजो खराब भएका बिरामी पनि छन्।
 
फ्याटी लिभर समस्या
सुरुको अवस्थामा फ्याटी लिभरलाई सामान्य मानिन्थ्यो। तर बोसोको कारणले कलेजो बिग्रन थालेपछि यसलाई जोखिमको रुपमा हेरिन्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि यसलाई महŒव दिएको चिकित्सहरुको भनाइ छ।

वीर अस्पतालका लिभर युनिट प्रमुख डा. जीतेन्द्रकाजी श्रेष्ठका अनुसार विगतमा २० प्रतिशत कलेजोको समस्याका कारण पत्ता लाग्दैनथ्यो। त्यस्तो सूचीमा लिभर सिरोसिसलाई राख्ने गर्दथ्यो। सम्पूर्ण परीक्षण गरेपश्चात् पनि रोग पहिचान गर्न सकिँदैन्थ्यो। ‘आइभीसी परीक्षण गरिन्छ त्यसमा पनि केही देखिँदैन तर सिरोसिस देखिन्छ। त्यसलाई स्वास्थ्य विज्ञानको भाषामा ‘क्रिप्टोजेनिक’ भनिन्छ। मोटोपनाले लिभर सिरोसिस गराएको देखिन्छन्। यो अधिक रुपमा बढ्दै गएको छ। नेपालमा पनि यो समस्या बढ्दै गएको छ।

१०–२० प्रतिशत बोसो बढ्नुलाईं फ्याटी लिभर भनिन्छ। जीवनशैली परिवर्तन तथा हिँडडुल कम गर्नाले कलेजोमा बोसो जम्न सक्छ। खानपानमा चिल्लोयुक्त पदार्थको मात्रा बढी भयो तथा डाइबेटिज अर्थात् चिनी रोगका कारणले फ्याटी लिभर हुन्छ। बाथ रोगमा प्रयोग गरिने औषधि सेवनले पनि लिभर बढ्दै जान्छ। तर पनि नेपालमा अल्कोहलिक फ्याटी लिभर प्रमुख कारण भएका लिभर युनिटका प्रमुख डा. जीतेन्द्रकाजी श्रेष्ठ बताउँछन्।

जाँड रक्सी नखाने महिलामा पनि नन अल्कोहलिक फ्याटी लिभर सिरोसिस भएको पाइन्छ। त्यसले पाचनशक्ति ह्रास तथा लिभरको तौल बढ्ने समस्या पैदा हुनेछ।

कलेजोमा बोसो कसरी ?
मेडिकलको भाषामा मेटाबोलिजम सिन्ड्रोमका कारणले हुन्छ। जीवित प्राणीले खानालाई शक्तिमा रुपान्तर गर्न जुन किसिमको रासायनिक प्रतिक्रिया गर्दछ, त्यो शक्तिबाट हाम्रो शरीरका कोषिकाहरुको चलायमान हुन्छन्। ती रक्त कोषिकाहरु खानालाई इन्धनको रुपमा परिवर्तन गर्ने आवश्यक प्रोटिन, लिपिड, न्यूक्लिक एसिड, काब्रोहाइड्रेड शरीरले लिन्छन र विकारको रुपमा नाइट्रोजन फ्याक्ने गर्दछ। त्यो मेटाबोलिजम सिन्ड्रोमले त्यस्तो भएको हुन्छ। मुटु, स्ट्रोक, टाइप टु डाइबेटिज र उच्च रक्तचाप शरीरमा बोसोको मात्रा बढाउने तथा कोलस्ट्रोलको मात्रा असन्तुलित गराउँछ।

खानपानमा परिवर्तन
खानपानमा परिवर्तन तथा जीवन जिउने प्रद्धतिमा आएको परिवर्तनले शरीरमा बोसोयुक्त तन्तु हुन जान्छ। त्यसले कलेजोमा असर गर्नेछ।
चिनीरोगमा पनि लिभर खराब हुन्छ। अल्कोहलिकमा पनि कलेजोमा बोसो जम्छ। अत्यधिक चिल्लो खानेकुरा जंग फूडले पनि कलेजोमा बोसो जम्छ। कोलस्ट्रोल लेभल बिग्रन्छ। त्यसले फ्याटी लिभर गराउँछ। चिकित्सहरु भन्छन्, ‘८०–९० केजी तौलको मानिस स्वास्थ्य छु भन्ठान्नु गलत हुन्छ। उसको फ्याटी लिभर भएको हुन सक्छ। त्यस्ता फ्याटी लिभर बिग्रेपछि सिरोसिस हुन्छ।’

कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट)
लिभर बिग्रेको अन्तिम अवस्थामा लिभर ट्रान्सप्लान्ट गरिन्छ। नेपालमा कोरियन र भारतीय विदेशी विशेषज्ञ चिकित्सकहरु आएर लिभर ट्रान्स प्लान्ट गरेका छन्। यद्यपि डा. सन्तोषमान श्रेष्ठ भने सिरोसिस हुँदैमा लिभर ट्रान्सप्लान्ट गर्न नपर्ने बताउँछन्। उनको अनुभवमा भारतमा गएर लिभर ट्रान्सप्लान्ट गरेको बिरामी कतिपय नफर्केका र फर्केका पनि केही वर्षमा मृत्यु भएका छन्।

कलेजोको काम

कलेजो एक प्रमुख अंग हो। कलेजोको मुख्य काम भनेको रगत फिल्टर गरी शरीरको बाँकी अंगमा पठाउनु हो। शरीरलाई असर गर्ने रासायनिक विषाक्तहरुबाट बचाउनु हो। यसले प्रोटिन बनाउने, रगत कोटिङ र अरु कामलाई सहयोग गर्नेछ। कलेजो एक किसिमको पावर हाउस हो। जसले शरीरको प्रतिरक्षा प्रणालीलाई मझबुद बनाउने काम गर्दछ।

यो रातो मिश्रित खैरो रंगको हुन्छ। मानिसको कलेजो साँढे १ केजीको हुन्छ। हाम्रो शरीरको भित्री अंगहरुमध्ये सबैभन्दा ठूलो अंग मानिन्छ। दायाँ छातीको फोक्सोको ठीक तल तथा पेटको ठीक माथि रहेको हुन्छ।

कलेजो सम्बन्धी मुख्य रोगहरु
–हेपाटाइटिसः (हेपाटाइटिस भाइरस ए, बी र सी)
–सिरोसिस
–लिभर क्यान्सर
–लिभर फेल
–गालस्टोन
–एसाइटिस्
–हेमोक्रोमाटोसिस
–प्राइमरी विलिअरी सिरोसिस


मुख्य लक्षणः
–जन्डिस हुने
–पेटमा पानी जम्ने
–खुट्टा सुन्निने
–पुरुषमा स्तन वृद्धि हुने  
–प्रजननसम्बन्धी समस्या
–मस्तिष्क अनियन्त्रित हुने
–कलेजो सुन्निने
      (कतिपयमा यस्ता लक्षण नदेखिए पनि सिरोसिस हुन सक्छ।)


जोगिने उपाय
–जीवाणुरहित पानी पिउने
–धूमपान तथा मद्यपान नगर्ने
–चुरोट सूर्तीजन्य पदार्थको सेवन नगर्ने
–सन्तुलित भोजन तथा नियमित शारीरिक व्यायाम गर्ने
–अनावश्यक औषधिको सेवन नगर्ने।
–लागू पदार्थ दुव्र्यसनीबाट बच्ने।


स्वच्छ राख्न, के खाने ?
लसुन
सागसज्जी (ब्रो काउली तथा काउली)
बेसार
ओखर
गाजर
ग्रीन टी
फलफूल (स्याउ, अंगुर, कागती, सुन्तला आदि)

समस्या तथा समाधान
वैकल्पिक उपचार आर्युवेद पद्धतिमा भनेर चिकित्सा विज्ञानमा दख्खल वा प्रमाणित नभएकाहरुमा गएर लिभरलाई खराब बनाइसकेपछि अस्पताल धाउने गरेको चिकित्सकहरुको भनाइ छ। वीर अस्पताल लिभर युनिटका प्रमुख डा. जीतेन्द्रकाजी श्रेष्ठ भन्छन्, ‘सीतापाइलामा गएर नाइटोमा औषधि लगाएका बिरामी आउँछन्। उनीहरुको कलेजो बिग्रिसकेको हुन्छ।’

‘रोटी बनाउने हल्वाइ पसल जस्तो भएको छ नेपालमा कलेजको स्वास्थ्य उपचार,’ डा. श्रेष्ठ तर्क गर्छन्, ‘बाबु, बाजेदेखि छोरा नातिसम्मका औषधोपचार गरिरहेका हुन्छन्। सरकारले छुट्याइदिएको आर्युवेद औषधालयमा गएका पनि हुँदैनन्।’ यसले चिकित्सा विज्ञानमा दख्खल नभएकाहरुले उपचार गर्दा मानिसको शरीरसँग खेलवाड भैरहेका सजिलै बुझ्न सकिन्छ। आर्युवेद पद्धतिको वैधानिकतामा आधुनिक चिकित्सकले प्रश्न उठाइरहँदा, बजारमा खोलिएका कलेजोसम्बन्धी रोग उपचार केन्द्रकोे समाधान खोजिनु पर्ने देखिन्छ।

सरकारी चासो कम
डा. सन्तोषमान श्रेष्ठ
अनुसन्धानकर्ता, नेपाल लिभर फाउन्डेसन

लिभर सिरोसिस के हो भनेर सरकारलाई चासो छैन। एउटा मिर्गौला फेल भएमा अर्को मिर्गौलाले काम गर्छ। तर कलेजोले काम नगरेमा मानिसको ज्यान जाने हुन्छ। लिभर सिरोसिस विकसित देशहरुमा ५०–६० को उमेर देखिन्छन् तर नेपालमा ३०–४० उमेर तथा बालबालिकामा समेत देखिएकोे छ। मेडिकल विज्ञानको भाषामा नियमित ८०–१२० ग्राम अर्थात् ३–४ माना रक्सी नियमित २५ वर्ष सेवन गरेमा लिभर सिरोसिस हुने अवस्था १५ प्रतिशतमा मात्र हुन्छ। तर हामीकहाँ अत्यधिक भएको पाइन्छ। त्यसमा हाम्रा चिकित्सकहरुले ध्यान दिनु जरुरी छ। महिलाले रक्सी सेवन गरेमा पुरुषको तुलनामा छिट्टै लिभर बिग्रन्छ।
रोगथाम धेरै सस्तो छ। तर, खाली सर्वसाधारण मानिसले खानपानमा ध्यान दिनु जरुरत पर्दछ। यदि तुरुन्तै इन्फेक्सन भएमा उपचार गर्नु पर्दछ। पटक–पटक ज्वरो आएमा, झाडा–वान्ता भैरहेमा, कडा प्रकृतिको औषधि सेवन लामो समय गर्न परेमा, हात काम्ने, चीडचिडापन हुने, मानिसहरुमा कलेजो खराब भैरहेको हुन सक्छन्। सरकारले सर्वसाधारण मानिसलाई कलेजोमा हुने समस्याको बारेमा पर्याप्त जानकारी दिएकै छैन। सबैभन्दा महŒव जीवाणु नभएको पानी सेवनमा ध्यान दिनु पर्दछ।

कलेजो उपचारमा भ्रमः

डा. जीतेन्दकाजी श्रेष्ठ
प्रमुख, लिभर युनिट
वीर अस्पताल

लिभर बिग्रेमा चाँडै रिकभर हुने आमधारणा व्याप्त छ। वास्तवमा त्यस्तो हुँदैन। आयुर्वेदिक औषधिले लिभरलाई साइड इफेक्ट हुँदैन भन्छन्। त्यो गलत हो। लिभरको स्वस्थ कोषलाई ‘स्टेबल सेल’ भनिन्छ। कलेजोमा बसिरहन्छ। सेल ड्यामेज भएमा नयाँ बन्छ। हुनु पर्ने त्यस्तो हो तर त्यस्तो हुँदैन। क्रोनिक हेपाटाइटिसका केसहरुमा लिभर बिस्तारै काम नगर्ने हुन्छ। ड्यामेज सेलमा पछि फ्राइब्रोसिस भएर आउँछन्। ‘फ्राइब्रो ब्लास्ट’ सक्रिय भएर आए लिभरलाई कडापन बनाउँछ। त्यो ‘फ्राइब्रोसिस’ भएपछि लिभरको भित्र जाली जस्तो बन्छ। जाली जस्तो बनेपछि भित्री कोषिकाहरुले काम गर्दैन। यो भनेको घिरौंलाको जाली जस्तो कलेजो बन्छ। काँचो घिरौंला जस्तो हुनुपर्ने लिभर सुकेको घिरौंलाजस्तो भएपछि काम लाग्दैन। प्वालभित्र सेल त हुन्छ तर रगत अन्यत्र बाटो भएर जानु पर्दछ। त्यस्ता कडापनलाई नै सिरोसिस भनिन्छ।
यसको पूर्ण रोगथाम छैन। तर कडापनलाईं बढ्न नदिन उपचार गर्न सकिन्छ। कडापन भएको घिरांैलालाईं कलिलो बनाउने जति चुनौती छ, लिभर सिरोसिस भैसकेको लिभर पहिलेको अवस्थामा फर्काउने कल्पनासमेत गर्न सकिँदैन।








यसमा तपाईको मत

अन्य समाचार

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

Ncell Footer Ad