coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय एकता कायम गर्ने विश्वास

नेपालगन्ज – राष्ट्रपति विद्यादेवी भण्डारी मुस्लिम समुदायको ‘रोजा इफ्तार’ कार्यक्रममा सहभागी भएकी छन्। मुस्लिम समाज बाँकेले मंगलबार बेलुका नेपालगन्जस्थित सिद्धार्थ कटेजमा आयोजना गरेको विशेष कार्यक्रममा उनी सहभागी भएकी हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको पवित्र रमजान पर्वले सबै नेपालीमा राष्ट्रिय एकता कायम गर्ने विश्वास व्यक्त गरिन्।

‘नेपालको संविधानले सबै धर्म सम्प्रदायको संरक्षण गरेको छ, संविधानले नै मुस्लिम आयोगको ब्यवस्था गरिदिएको छ,’ उनले भनिन्, ‘आफन्तबीच खुसी आदान प्रदान गरी मनाउने विशिष्ट पर्व रमजानले मौलिक संस्कृति परम्पराको संरक्षण गर्नेछ।’ मुस्लिम समुदायले उठाएका मागका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको राष्ट्रपति भण्डारीले बताइन्। सरकारले मुस्लिम समुदायको मागप्रति गम्भीरता देखाउनेमा आपूm आशावादी रहेको उनको भनाइ थियो।

सो क्रममा राष्ट्रपति भण्डारीलाई मुस्लिम समाज बाँकेले विभिन्न मागसहितको अनुरोध पत्र बुझाएको थियो। समाजले धर्म निरपेक्ष राष्ट्रका मुस्लिम अल्पसंख्यक धार्मिक समुदायले आफ्नो महŒवपूर्ण पर्वमा विदा नपाइरहेको गुनासो गरेको छ।

प्रकाशित: २२ जेष्ठ २०७६ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App