coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महाअभियोगबारे औपचारिक निर्णय लिन देउवालाई आग्रह

काठमाडौँ- मानवअधिकार तथा शान्ति समाजको एक प्रतिनिधिमण्डलले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावका विषयमा जतिसक्दो चाँडो औपचारिक निर्णय गर्न अपिल गरेको छ ।

“प्रतिनिधिमण्डलले कार्कीको नियुक्तिको नै शान्ति समाजले विरोध गरेको र आपत्ति जनाएको स्मरण गराउँदै कार्कीविरुद्ध उभिने कुरामा औपचारिक निर्णय गर्न काँग्रेसले ढिलो गर्न नहुने कुरामा जोड दिएको छ”– भेटपछि शान्ति समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । भेटका क्रममा सभापति देउवाले काँग्रेस न्यायको पक्षमा उभिने कुरामा विश्वस्त रहन आग्रह गर्नुभएको शान्ति समाजले जनाएको छ ।

समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गङ्गाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाईं, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव उत्तम पुडासैनी र कोषाध्यक्ष रेणुका पौडेल सम्मिलित उक्त प्रतिनिधिमण्डलले लागुऔषधको दुरुपयोग र लागुपदार्थ दुव्र्यसनविरुद्ध शान्ति समाजले सुरू गरेको अभियानबारे पनि सभापति देउवालाई जानकारी गराएको थियो । रासस

प्रकाशित: ११ कार्तिक २०७३ १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App