coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पार्टीभित्रको विभेदविरुद्ध उजुरी दिन नेता कार्यकर्तालाई दाहालको निर्देशन

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको इमान्दारिताका साथ कार्यान्वयन गर्न दवाव सृजना गर्न सबै समुदायलाई आह्वान गरेका छन्। 

अध्यक्ष दाहालले सबै समुदायले सचेत भएर संविधानको इमान्दार कार्यान्वयनका लागि दवाव नदिए मुलुक प्रतिगमनतर्फ उन्मुख हुनेतर्फ पनि सचेत गराए। मंगलबार काठमाडौंमा आयोजित ‘जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रियामा उनले पार्टीभित्र पनि दलित समुदायका जनप्रतिनिधिमाथि विभेद भइरहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि पार्टी र सरकार दुवैमा उजुरी दिन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको इमान्दार कार्यान्वयनका लागि हरेकले जागरण अभियान संचालन गर्नुपर्ने अध्यक्ष दाहालको भनाई छ।

अध्यक्ष दाहालले संविधान सम्झौंतामा तयार गरिएको दस्तावेज भएकाले यसमा केही नराम्रा पक्षहरु पनि रहेको उल्लेख गर्दै त्यसलाई हटाउन संविधान संशोधनमा जोड दिइएको पनि स्पष्ट पारे।

प्रकाशित: २१ जेष्ठ २०७६ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App