७ वैशाख २०८१ शुक्रबार
अर्थ

विनोद चौधरी भन्छन् : अर्थतन्त्र डरलाग्दो दुश्चक्रमा फस्दै गएको छ

काठमाडौं- नेपाली कंग्रेसका सांसद विनोद कुमार चौधरीले संघीयताको खर्च धान्न नसक्ने गरी बढ्दै गएकाले मुलुकको अर्थतन्त्र डरलाग्दो दुश्चक्रमा फस्दै गएको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक बर्ष २०७६ /७७ को बजेटमाथिको छलफलमा सहभागी हुदै सांसद चौधरीले स्थानीय सरकारका लागि धान्न नसकिने राज्यकोषको खर्च, सुरक्षा निकाय लगायतमा हुने खर्च लगायतलाई राजश्वले धान्न नसक्ने भएकाले मुलुक डरलाग्दो दुश्चक्रमा फसेको बताए।

उनले भने“सरकारको साईज र आकार मोटाउँदै छ त्यो आफैमा त्यसको बोझ भोली राष्ट्रले धान्न नसक्ने कुरा निश्चित छ। ” गतिशिल अर्थतन्त्रका लागि ६० प्रतिशत विकास खर्च र ४० प्रतिशत चालु खर्च हुनुपर्नेमा त्यसो नभएको भन्दै उनले बजेटमा अनुमान गरिएको विकास खर्च पनि खर्च गर्ने क्षमता सरकारसंग नरहेको बताए। विकास खर्च कम र चालु खर्च बढ्दै जानुले मुलुकको अर्थतन्त्र कमजोर बनाउँदै लैजाने र अन्तत त्यसले उच्च करको स्थितिमा पुर्याउने दाबी उनले गरे। निर्यात घट्नु, आयात बढ्दै जानु तथा चालु खर्चका लागि उत्पादनले धान्न नसक्ने गरि कर दरमा वृद्धि गर्नुपर्ने स्थिति श्रृजना हुदै अन्तत विश्वमै उच्च कर दर भएको मुलुकमा उभ्याउने र उपभोक्तावादमा खर्च बढाउने दिशामा मुलुक अघि बढिरहेको दाबी उनले गरे।

आत्मनिर्भर अर्थतन्त्रका लागि सरकारले हरेक बर्षको बजेटमा खाद्यान्न लगायत विभिन्न उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर बनाउने योजना अघि सारेपछि सिमेन्ट बाहेक अन्य क्षेत्रमा तात्वीक भिन्नता नआएको दाबी उनले गरे। सम्मृद्ध नेपालको अभियानलाई सार्थक बनाउने स्वरुपमा बजेट नआएको टिप्पणी उनले गरे। स्थिर सरकार गतिशिल अर्थतन्त्रको निर्माण गरि जनतालाई लाभ दिन नसक्ने हो भने समाजिक न्यायका कारण आगामी दिन अझै कठिन परिस्थितिको श्रृजना हुने दाबी चौधरीको छ। विकास बजेट थोरै भएको र भएको पनि खर्च गर्ने क्षमताको आधार स्पष्ट नभएको तर्क उनले गरे।

प्रकाशित: २१ जेष्ठ २०७६ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App