coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आफ्नै बाबुले खुर्पाले हान्दा छोरी गम्भिर घाइते

धादिङ- धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाँकोट अम्वोटेमा बुवाले खुर्पा प्रहार गर्दा छोरी गम्भीर घाइते भएकी छन्। बुवा बलराम ओस्तीले छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरेपछि छोरीको निधारमा गहिरो चोट लागेको हो। छोरी सुनिताको उपचार भइरहेको आफन्त बासुदेव भट्टले जानकारी दिए।

घटनाका प्रत्यक्षदर्शीका अनुसार सामान्य वादविवाद भएपछि बलराम वस्तीले छोरीलाई खुपार्ले हानेका थिए। सुनिताको जिल्ला अस्पताल धादिङवेशीमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौं पठाएपछि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।

घाइते सुनिता हेटौंडामा रोजगारी गर्दै आएकी आमासंगै बस्ने गरेको र नागरिकता बनाउन आउँदा खुर्पा प्रहार भएको बुझिएको छ। नागरिकता बनाउन बुबा बलराम वस्तीले नै बोलाए पछि हेटौडामै रहेका आमाछोरी सोमवार मात्रै धुवाँकोट घर आएका थिए।

छोरीलाई खुर्पा प्रहार गर्ने बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धानन सुरु गरिएको धादिङका प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दिए।

प्रकाशित: २१ जेष्ठ २०७६ ०८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App