८ वैशाख २०८१ शनिबार
कला

पोखरामा ‘गणतन्त्रको यात्रा’को चर्चा

पोखरा–नेपाली लेखक संघ कास्कीले काँग्रेस नेता नरहरि आचार्यद्वारा लिखित ‘गणतन्त्रको यात्रा’ पुस्तकमाथि परिचर्चा चलाएको छ। उसले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा पुस्तक लेखक एवम् राजनीतिक चिन्तक आचार्यले गणतन्त्रको स्थापनाक्रममा भोगेका राजनीतिक, पारिवारिक, साहित्यिक एवम् विविध सन्दर्भ पुस्तकमा समेटेको जानकारी गराए।

स्वास्थ्यका कारणले तीन वर्ष पर्दा पछाडि रहेका आचार्य पुस्तक माझ फेरि जनसमक्ष आएका हुन्। उनको पुस्तक बन्दी जीवनको डायरी मात्र नभएर एक दशक लामो समय चलेको गणतन्त्र स्थापनाको रस्साकस्सी र विचार मन्थनको दस्ताबेज हो।

उनले पुस्तकमा रहेका त्रुटि आफ्ना सम्पत्ति भएको समेत बताए। गणतन्त्र र प्रत्यक्ष कार्यकारीको वैचारिक अडान कायमै रहेको समेत उनले सुनाए। आफूले विशेष जोड दिएको  निरन्तर प्रत्यक्ष कार्यकारीको सन्दर्भ कम्युनिस्टले निजी सम्पत्ति मानेको उनले बताए। दुई तिहाइ बहुमत रहेका बेला प्रत्यक्ष कार्यकारीको व्यवस्था लागु गर्न सक्ने समार्थ्य नेकपा सरकारमा देखिन्छ वा देखिंदैन त्यसको परीक्षण हुने उनले बताए।

कार्यक्रममा नेता धनराज गुरुङ, बिन्दु पौडेल, साहित्यकारहरु तीर्थ श्रेष्ठ, कुसुमाकर न्यौपाने, रीतादेवी कंडेल, सञ्जिव पौडेल, गणेश शर्मा लगायतले पुस्तकमाथि बोलेका थए। कार्यक्रममा भर्खरै प्राध्यापक र सहप्राध्यापकमा पदोन्नति भएका लेखक संघका पूर्व पदाधिकारी एवम् सदस्यहरू प्रा.डा. नरहरि आचार्य, सह प्राध्यापक डा. भानु शर्मा कँडेल र होमनाथ पौडेललाई सम्मान समेत गरिएको थियो।   

प्रकाशित: २१ जेष्ठ २०७६ ०८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App