७ वैशाख २०८१ शुक्रबार
समाज

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

गोरखा- गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा मंगलवार राति २ बजे ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यू भएको छ। बाह्रकिलोबाट नयाँसाँघु तर्फ जाँदै गरेको ना ६ त ९६२६ नम्बरको ट्याक्टर अनियन्त्रीत भई घरमा ठोक्किँदा चालक गोरखा नगरपालिका १२ का २६ वर्षिय वकिलबहादुर कुमालको ज्यान गएको हो।

गोनपा १० छेवेटारमा लेखबहादुर थापाको बन्दै गरेको सडक छेउको घरमा ट्याक्टर ठोक्किँदा घरमा समेत क्षती पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाराम पौडेलले बताए। दुर्घटनामा घाईते कुमाललाई नजिकैको अस्पतालमा उपचारका लागि पुर्‍याए लगत्तै मृत्यू भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २१ जेष्ठ २०७६ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App