श्रम अडिट अनिवार्य

मङ्गलबार, २१ जेठ २०७६, ०९ : २३ नागरिक

कठमाडौं – सरकारले सम्पूूर्ण औद्योगिक प्रतिष्ठानमा ‘श्रम अडिट’ अनिवार्य गराउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले श्रम अडिट मापदण्डको प्रचारप्रसार गरी सरकारी निकाय, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालय तथा प्रतिष्ठानमा कार्यान्वयनको व्यवस्था मिलाउने निर्णय गरेको हो।

त्यस्तै आवश्यकतानुसार मापदण्डको समसामयिक परिमार्जन गर्ने एवं श्रम कानुनका प्रावधानलाई प्रदेश तथा स्थानीय तहमा पनि प्रभावकारी रुपमा लागू गर्न गराउन श्रम मन्त्रालयले सरकार, रोजगारदाता तथा ट्रेड युनियनका प्रतिनिधि रहेको समिति गठन गर्ने निर्णय गरेको छ। सबै क्षेत्रका श्रमिकका लागि कार्यस्थलमा स्वास्थ्य र सुरक्षाका पर्याप्त व्यवस्था गरी सरकारी र निजी क्षेत्रमा कार्यरत श्रमिकका लागि सुरक्षित र उपयुक्त कार्यका लागि वातावरण सुनिश्चित गरिनुपर्नेमा बैठकमा छलफल भएको थियो।

बैठकमा राष्ट्रिय व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा नीतिको मस्यौदा, १०८औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालको सहभागिता तथा आइएलओको शतवार्षिकी कार्यक्रम, कार्यस्थलमा हुने हिंसा तथा दुव्र्यवहारको अन्त्यसम्बन्धी आइएलओबाट तयार भएको मापदण्डको मस्यौदा, श्रम अडिट मापदण्ड २०७५ र सोको कार्यान्वयनको अवस्थाबारे छलफल भएको थियो। बैठकमा श्रममन्त्री विष्टले प्रस्तावित नीतिलाई अन्तिम रुप दिनुअघि सम्बद्ध पक्ष र विज्ञसँग थप छलफल गरिने बताउनुुभयो। विद्यमान विभिन्न कानुनी व्यवस्थामा दोहोरोपना भए समयमै  निक्र्योल गर्ने,  श्रम अडिट गर्दा अन्य विषयका साथै श्रमिकको न्यूनतम पारिश्रमिकको कार्यान्वयनलाई विशेष ध्यान दिई सबै सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका निकायमा पूर्ण कार्यान्वयन गरिनुपर्ने बताए।

श्रम ऐन, २०७४ ले श्रमसम्बन्धी विषयमा नेपाल सरकारलाई परामर्श दिन केन्द्रीय श्रम सल्लाहकार परिषद्को गठन गर्ने व्यवस्था गरेको छ। श्रममन्त्री अध्यक्ष हुने परिषद्मा अर्थ, श्रम, भौतिक पूर्वाधार तथा यातायात, कृषि, उद्योग र स्वास्थ्य मन्त्रालयका सचिव, श्रम विभागका महानिर्देशक, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक, व्यावसायिक सीप तथा तालीम केन्द्रका कार्यकारी निर्देशक, रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधि सदस्य रहने छन्।
 







यसमा तपाईको मत

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad