स्वास्थ्य र जिन थेरापीको भविष्य

मङ्गलबार, २१ जेठ २०७६, ०९ : १४ डा. सुभाष पोखरेल

गत महिना औषधी उत्पादन कम्पनी नोभार्टिसले संसारकै सबैभन्दा महँगो ओखती ‘जोलजेन्समा’ बजारमा ल्यायो । एक खोराकको अमेरिकी डलर २१ लाख २५ हजार पर्ने उक्त औषधीको एक मात्राले ‘स्पाइनल मस्कुलर एट्रोफी’ नामक प्राणघातक रोग ठीक पारेको देखियो । प्रयोगमा रहेका अन्य उपचार विधिले बच्चाको आयु केही वर्ष थप्ने गरेकामा नवीन ओखतीको मद्दतले मानिस पूर्ण स्वस्थ बन्न सक्ने औषधी उत्पादकको दाबा रह्यो । संसारमै जम्मा ७ सय बिरामी रहेका दुर्लभ रोग भएकाले उत्पादकले थोरै मानिसलाई औषधी बिक्री गरेर आफ्नो लगानी र मुनाफा कमाउनुपर्ने भएकाले दबाइको दाम महँगो हुनु अस्वाभाविक भएन ।

दिमागले पठाएको आदेश स्नायु प्रणाली मार्पmत शरीरको विभिन्न भागमा पुग्छन् । र, ब्रेनले खटाएको काम मुटु, फोक्सो जस्ता अन्य अड्गले सम्पन्न गर्छन् । तर ‘स्पाइनल मस्कुलर एट्रोफी’ लागेको रोगीको हकमा मांसपेशीलाई क्रियाशील हुन दिमागले पठाएको आदेश बोक्ने ‘मोटर न्युरोन’  स्नायुकोस जीर्ण हुन्छन् ।  मोटर न्युरोन शिथिल भएपछि बिरामीको मांशपेसी निष्क्रिय हुन्छन् । शरीरका अड्ग चल्न छाड्छन् । अनि बच्चैमा मानिस मर्छ ।

जिन थेरापीमा भाइरसमा आधारित र क्रिस्पर प्रविधि दुवैले हासिल गरेको सफलताले अब औषधीमार्पmत रोग निको पार्नेभन्दा रोगी बनाउने जिनलाई असल जिनले प्रतिस्थापन गरेर मानिसलाई औषधी नै खानु नपर्ने गरी स्वस्थ बनाउन सकिने अवधारणा आयो ।

मानव शरीर अरबौँ कोस मिलेर बन्छ । कोसमा रहने अणुवांसिक पदार्थ ‘डिएनए’ शरीरको सबैभन्दा महŒवपूर्ण पदार्थ हो । झण्डै ३ अरब एकाइको नियोजित बनोटबाट डिएनए बन्छ । डिएनएमा रहने ससाना खण्डलाई जिन भनिन्छ । मानिसको शरीरमा करिब २० हजार जिन रहने अनुमान छ ।

शरीरमा रहने हजारौँ जिनको स्वच्छता र क्रियाशीलताले हामीलाई स्वस्थ राख्छ । तर उमेरको बडोत्तरी र बाह्य संक्रमणका कारण जन्मँदा सकुशल रहेका हाम्रा जिनमा समेत खराबी आउँछ । खटानका कारण शरीर शिथिल भएझैँ पाको उमेरले जिनमा खराबी आउनु अस्वाभाविक भएर । तर केही परिस्थितिमा बच्चा जन्मनुअघि नै उनीहरूको जिनमा कैफियत देखिन्छ । त्यस्तै श्रेणीको रोग देखियो ‘स्पाइनल मस्कुलर एट्रोफी ।’ जे÷जस्तो परिस्थितिले जिनमा खराबी आए पनि परिणाम भने रोग नै देखियो । विश्व स्वास्थ्य संगठनको आकडाअनुसार जिनमा आउने खराबीका कारण मानिसमा झण्डै १० हजार किसिमका रोग लाग्छन् । तसर्थ, मानिसको जिनमा खराबी आउन नदिने अथवा निकम्मा जिनलाई मर्मत गर्न सके हजारौँ किसिमका रोग ठीक गर्न सकिने देखियो । जिनको इलाज गर्ने विज्ञान ‘जिन थेरापी’ अनुसन्धानको तातो बिषय बन्यो । बायोलोजिकल संरचना भएकाले जिनको खराब खण्डलाई राम्रो भागले प्रतिस्थापन गरेपछि जिनहरू पूर्वावस्थामा आफ्ना दायित्व पूरा गर्न थाल्छन् । जिनमा आएका खराबीका कारण देखिएका ‘जेनेटिक रोग’ हरू अणुवाशिंक पदार्थलाई सकुशल बनाउनेब्त्तििकै निको हुन्छन् ।

ब्याक्टेरिया र भाइरस मानव सभ्यतालाई तहसनहस पार्ने जीवाणुका रूपमा देखिए । तर राक्षसलाई पनि साँध्न सके सकारात्मक काममा उपयोग गर्न सकिन्छ भन्ने अभिब्यक्ति भाइरसको हकमा लागु हुन्छ । सकुशलरूपमा रहेको जिनमा असम्बन्धित अणुवाशिंक पदार्थ ल्याएर जोड्ने काम गर्ने भाइरसको समूहमा पर्छ ह्युमन प्यापिलोमा भाइरस । जिनमा बाह्य संरचना थपिँदा मानवीय कोसहरूले नवीन रूप धारण गर्छन् । परिणामस्वरूप सामान्य मानवीय कोसहरू असामान्य बन्छन् अनि अत्यधिक विभाजन गर्न सक्ने क्षमतासमेत विकास गर्न सक्छन् । कोसहरूको अत्यधिक विभाजन नै क्यान्सर हो । ह्युमन प्यापिलोमा भाइरस पाठेघरलगायतका धेरै किसिमका क्यान्सरको कारक रहेको देखियो । त्यस्ता भाइरस अस्तित्वमा धेरै देखिए ।

भाइरसले मानिसको जिनमा असम्बन्धित पदार्थ ल्याएर जोड्ने गरेको देख्दा वैज्ञानिकहरूले यो जीवाणुको गुणलाई सतकर्ममा लगाउन सकिन्छ कि भनी अनुसन्धान गरे । राम्रोलाई निकम्मा अणुवाशिंक पदार्थसँग जोडेर खराब जिन बनाउने भाइरसलाई सदुपयोग गरेर निकम्मा जिनलाई असलसमेत बनाउन सकिने अवधारणा ल्याए र तद्नुरूप काम गर्न थाले वैज्ञानिकहरूले ।

जिनको त्रुटिलाई सच्याउने विषयमा वैज्ञानिकहरू दुई धारको अनुसन्धानमा लागे । भाइरसलाई उपभोग गरेर मानिसको जिनमा आएका खराबी सच्याउन सकिने विश्वासका साथ एक समूह लाग्यो भने युनिभर्सिटी अफ् क्यालिफोर्निया बर्कलीका प्राध्यापक जेनिफर डोडनालगायतका वैज्ञानिकको समूहले सन् २०१२ को हाराहारीमा ‘क्रिस्पर सिस्टम’ को विकास गरे । क्रिस्पर विधिमा भाइरसको प्रयोग गरिन्न ।

धेरै वर्षको अनुसन्धानपछि भाइरसमा आधारित जिन थेरापीको पहिलो ओखती सन् २०१७ मा बजारमा आयो । जिनमा आउने खराबीका कारण हुने अन्धोपनको इलाज गर्नका लागि भाइरसको प्रयोग गरियो उक्त इलाजमा । असल जिन भाइरसलाई बोकाएर रोगीलाई उक्त सुक्ष्म जीवाणुबाट संक्रमित गराइयो । भाइरस मानिसको सम्बन्धित कोसमा प्रवेश गर्ने अनि बिरामीको कोसमा रहेको खराब जिनलाई हटाएर आफूले बोकेर ल्याएको असल अणुवाशिंक पदार्थ हाल्न सफल भयो । जिनमा आएको खराबीका कारण अन्धो बन्न पुगेको बिरामी जिनको कुशल प्रत्यारोपणपछि तुरुन्तै आँखा देख्ने भयो । अन्धोपनको उक्त इलाज मेडिकल साइन्समा जिन थेरापीको पहिलो सफल अवतरण थियो । राम्रो जिनलाई खराबमात्र बनाउने भाइरसको प्राकृतिक क्षमतालाई विपरित धारमा ल्याएर जीवाणुलाई मानवउपयोगी काममा लगाउन वैज्ञानिक सफल भए ।  

आजन्म ओखतीमा खर्च गर्नुपर्ने रकम र मानसिक थकानको तुलना गर्दा जिन थेरापी महँगो नै हुने भए पनि प्रभावकारी देखियो । अधिक उत्पादनले वस्तुको मूल्य सस्तिने सामान्य सिद्धान्त बढ्दो जिन थेरापीको हकमा सत्य हँुदैन भन्ने कहाँ छ र ? अहिले लाखै पर्ने उपचार विधि वैज्ञानिक अनुसन्धानले गरिबको सहज पहँुचमा पु¥याउन नसक्ला भन्न सकिन्न ।

जिन थेरापीमार्पmत अन्धोपनको इलाज सम्भव भएपछि भाइरसलाई उपयोग गरेर जिनमा रहेका खराबी सच्याउन सकिने देखे । धेरै वैज्ञानिक तदअनुरूपको उत्खननमा लागे । परिणामस्वरूप गत महिना प्राणघातक ‘स्पाइनल मस्कुलर एट्रोफी’ को कारकका रूपमा रहेको खराब जिनलाई भाइरसकै उपयोगमार्पmत सच्याएर मानिसलाई पूर्ण स्वस्थ बनाउने औषधी बजारमा आयो । उक्त औषधी जिन थेरापीमा आधारित दोस्रो दवाइको रूपमा अस्पतालमा भित्रियो । जिनमा रहेका खराब भाग हटाएर विषाक्त जिनलाई असल बनाउन सकिने अवधारणा अझ सशक्त बन्यो ।

डिएनएको खराब भागलाई हटाएर फाल्न अथवा अर्को असल खण्ड ल्याएर सरक्क जोड्न सक्ने भएपछि जिनमा आउने खरावीका कारण लाग्ने क्यान्सरलगायत हजारौँ रोग सजिलै बिसेक पार्न सक्ने देखियो । मानव शरीरको जटिलतालाई मध्यनजर राख्दै सबै जेनेटिक रोगको इलाज भाइरसमा आधारित उपचार विधिबाट सफल हुन नसक्ने ठान्दै फरक मान्यतामा आधारित क्रिस्पर विधिको अनुसन्धान गर्नुपर्ने देखियो । त्यसै सिलसिलामा ल्याबमा भएका अनुसन्धानात्मक प्रगतिको सिंहावलोकन गर्दै सन् २०१६ मा संयुक्त राज्य अमेरिकाको औषधी विज्ञानको अनुगमन गर्ने निकाय ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ ले क्रिस्पर प्रविधिको क्लिनिकल परीक्षणको अनुमति दियो । गत महिना संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ पेन्सेल्भेनियाको मेडिकल स्कुलले क्यान्सरलागेका दुई बिरामीलाई क्रिस्पर विधिमार्पmत खराब जिन हटाएर असल जिन प्रत्यारोपण गर्दा सकुशल भएको बतायो । यसरी जिन थेरापीमा भाइरसमा आधारित र क्रिस्पर प्रविधि दुवैले हासिल गरेको सफलताले अब औषधीमार्पmत रोग निको पार्नेभन्दा रोगी बनाउने जिनलाई असल जिनले प्रतिस्थापन गरेर मानिसलाई औषधी नै खानु नपर्ने गरी स्वस्थ बनाउन सकिने अवधारणा आयो ।

मानिसको जिनमा खराबी आउने धेरै बाटा देखिए । जस्तै– बाबु÷आमाबाट सरेर आउने, उमेरको बढोत्तरीले ल्याउने परिवर्तन र वातावरणीय तथा व्यक्तिगत आचरणका कारणसमेत मानिसको जिनमा खराबी आउँछ । जस्तै ‘सिकल सेल डिजिज’ भएका आमा÷बाबुको बच्चामा उक्त रोग जिनका कारण सर्ने सम्भाव्यता धेरै देखियो । त्यस्तै बुढेसकालमा जिनहरूमा खराबी आउनु स्वाभाविक नै भयो । जिनहरूमा खराबी आउँदा पाका मानिसमा क्यान्सर लाग्नु अस्वाभाविक भएन । अत्यधिक धूमपान गर्ने अनि धुवाँ÷धुलोमा निरन्तर खटिनुपर्ने मानिसमा फोक्सो तथा स्वास÷प्रस्वासमा समस्या देखिनुमा समेत वातावरणीय असरले ल्याएको जेनेटिक म्युटेसन नै देखियो ।

जिनमा आउने खरावीका कारण र रोगहरूको वितरणको अध्ययनपछि अमेरिकाको फेडरल अनुसन्धान निकाय न्यासनल ह्युमन जेनोम रिसर्च इन्स्टिच्युटले मानिसमा लाग्ने झण्डै सबै रोगको कारण जिनमा आउने खराबी नै रहेको ठहर ग¥यो । सुक्ष्म जीवाणुको संक्रमणका कारण लाग्ने रोगको संख्या आणुवांशिक पदार्थमा आउने खराबीका तुलनामा नगन्य भएको देखियो । झण्डै सबै रोगको कारण जिनमा आउने खराबी देखिएको परिवेशमा जिन थेरापीमार्पmत मानिसलाई स्वस्थ बनाउन सकिने देखियो । तर मानिसमा रहेका दशौँ हजार जिनमा देखिने भिन्न किसिमका खराबीको पहिचान र तद्नुरूपका उपचार विधि पहिल्याउने काम कति सहज होला ? जिनहरूमा रहेका कैफियत शुद्धि गर्नेबित्तिकै मानिसलाई दीर्घजीवी बनाउन सकिएला त भन्ने प्रश्न आफ्नो ठाउँमा छँदैछ । मानव अड्गहरू उमेरको बढोत्तरीसँगै शिथिल बन्ने हुँदा सबै जिन त्रुटिरहित हुँदाहुँदै पनि मानिसले कति वर्षको उमेरसम्म स्तरीय जीवन यापन गर्न सक्ला त भन्ने प्रश्न आफैँमा महŒवपूर्ण छ ।

युवा अवस्थामा मधुमेह लागेको मानिसले आजन्म औषधी सेवन गर्छ । अनि चिनी रोगका कारण जिनमा आउने खराबी हो भन्ने कुरा नयाँ रहेन । आधुनिक उपचार विधिमार्पmत खराब जिनलाई असल जिनले प्रतिस्थापन गरेको खण्डमा मानिसले आजन्म ओखतीको झन्झट बेहोर्नुपर्दैन नै । आजन्म ओखतीमा खर्च गर्नुपर्ने रकम र मानसिक थकानको तुलना गर्दा जिन थेरापी महँगो नै हुने भए पनि प्रभावकारी देखियो । अधिक उत्पादनले वस्तुको मूल्य सस्तिने सामान्य सिद्धान्त बढ्दो जिन थेरापीको हकमा सत्य हँुदैन भन्ने कहाँ छ र ? अहिले लाखै पर्ने उपचार विधि वैज्ञानिक अनुसन्धानले गरिबको सहज पहँुचमा पु¥याउन नसक्ला भन्न सकिन्न ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad