coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अन्जनाको सम्झना कृति

काठमाडौं – अंग्रेजी भाषा शिक्षणकी प्राध्यापक अन्जना भट्टराई वस्तीको यात्रा–सम्झना कृति ‘जीवनका घुम्ती र देउरालीहरू’ सार्वजनिक भएको छ । दार्जिलिङबाट आमन्त्रित स्रष्टाद्वय डा.विणा हाङ्खिम र मणिका मुखियाले झापाको दमकमा हालै कृति सार्वजनिक गरे । दुबैजना दार्जिलिङे स्रष्टा साहित्य अकादमी पुरस्कारबाट सम्मानित स्रष्टा हुन् ।

आत्मसंवाद शैलीमा लेखिएका स्मरणहरूमा लेखक अन्जनाले ताप्लेजुङ, नगरकोट, इलाम, झापासहितका अन्तरंग नियात्रामाझ अमेरिका, दक्षिण कोरिया, थाइल्याण्ड, भारतसहितका अन्र्तराष्ट्रिय भ्रमणका कथालाई उतारेकी छिन् । पुस्तकमा मुटुरोगको उपचारमा एक वर्षको अन्तरमा श्रीमान गोविन्दराज भट्टराई र आफूसमेत दिल्लीको एम्स अस्पतालमा गएर लामो समय खर्चेको वृत्तान्त भावुक रूपमा प्रस्तुत गरिएको छ ।

‘म अंग्रेजी भाषा र शिक्षणकी प्राध्यापक भएपनि नेपाली भाषा–साहित्यको रसले तानिएर नेपालीमैं केही लेख्ने जमर्को गरेकी हुँ’, अन्जनाले भनिन्, ‘साहित्यकारको दर्जमा उभिनभन्दा मनमा उब्जिएका गुम्फन र भावनाको तरंगलाई समेटेर यो यात्रा सम्झना लेखेकी हुँ ।’

उनले एउटी नारीको छोरी, बुहारी, भाउजू, सासु, आमा, गृहिणीसहितको वृहत्तर भूमिका र स्थानका माझ मुश्किलले जोगिएको समयमा मात्रै लेखन कर्ममा जोडिन सम्भव भएको बताइन् । लेखक अन्जना संयुक्त राष्टसंघको महासभामा प्रतिनिधित्व गर्न जाँदा र अमेरिकाको नेब्रास्कामा गरेर दुईपटक यात्रामा जाँदा गरिएको अनुभवको पाटो ज्ञानबद्र्धक छ । पुस्तक ओरिएन्टल पब्लिकेसन्सले प्रकाशन गरेको हो । कार्यक्रममा दमकका पुराना गायक लक्ष्मी जोशी, लक्ष्मी खनाललगायतले गीत सुनाएका थिए । कार्यक्रम दमकस्थित प्रतिभा निकेतन र विद्याशिल्प एकेडेमीको साहित्य विभागले आयोजना गरेको हो ।
 

प्रकाशित: २१ जेष्ठ २०७६ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App