८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ब्रिटिस एयरवेज १० वर्षपछि पाकिस्तान फर्कियो

इस्लामाबाद  – सुरक्षा अवस्था कमजोर रहेको भन्दै १० वर्षभन्दा पहिले उडान स्थगित गरेको ब्रिटिस एयरवेजले सोमबारदेखि पुनः पाकिस्तानका लागि उडान सुरु गरेको छ। बेलायती वायुसेवाको सो विमानको उडान पाकिस्तानका लागि निकै महŒवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । इस्लामाबादको म्यारिअट होटलमा घातक आक्रमण भएपछि ब्रिटिस एयरवेजले सन् २००८ देखि उडान स्थगित गरेको थियो । अब ब्रिटिस एयरवेजले लन्डनको हिथ्रो विमानस्थलबाट साताको तीन दिन पाकिस्तानको राजधानी इस्लामाबाद सिधा उडान गर्नेछ ।

बेलायतमा पाकिस्तानी मुलका १० लाखभन्दा बढी मानिस बसोबास गर्दछन् । युरोपमै सबैभन्दा बढी पाकिस्तानी बेलायतमा रहेका छन् । ‘बेलायती ध्वजाबाहक विमानसेवा सुरु भएको छ । धेरै किसिमबाट यति निकट दुवै मुलुकबीचको सम्बन्धलाई अझ निकट ल्याएको छ,’ पाकिस्तानका लागि बेलायती उच्चायुक्त थोमस ड्रयूले बताएका छन् ।

हालसम्म पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए)ले मात्र दुवै मुलुकबीच सिधा उडान गर्दै आएको थियो । म्यारिओट होटलमा आक्रमणपछि दुई मुलुकबीचको हवाई यात्राका लागि मध्यपूर्वका विमानसेवा खासगरी इतिहाद र इमिरेट्समा निर्भर रहनुपर्ने बाध्यता थियो ।

पछिल्लो पटक सन् २०१४ मा कराँचीमा तालिबानीले गरेको भिषण आक्रमणपछि हङकङस्थित क्यादी प्यासिफिकले पनि पाकिस्तान उडान स्थगित गरेको थियो । त्यसपछि कुनै पनि विदेशी विमानसेवाले पाकिस्तान उडान गरेका थिएनन् । पाकिस्तानले पछिल्ला १५ वर्ष मुलुकभित्रै सक्रिय लडाकु समूहसँग संघर्ष गर्नु परेको थियो जसका कारण हजारौंको ज्यान गइसकेको छ । पाकिस्तानको सुरक्षा अवस्थामा पछिल्ला केही वर्षदेखि नाटकीय सुधार आएको छ ।

 

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App