coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जासुसीको आरोपमा पक्राउ परेका पाकिस्तान उच्च आयोगका कर्मचारी रिहा

नयाँ दिल्ली –जासुरी गरेको अभियोगमा दिल्ली क्राइम ब्रान्चले नियन्त्रणमा लिएको  दिल्लीस्थित पाकिस्तान उच्च आयोगको एक कर्मचारीलाई हिरासत मुक्त गरिएको भारतीय संचार माध्यमले जनाएका छन् । भारतीय प्रहरीले बिहबार एक प्रेस विज्ञप्ति जारी गर्दे पक्राउ गरिएका महसुद अख्तरलाई डिप्लोम्याटिक इम्युनिटीको आधारमा छोडिएको बताएको छ।

दिल्ली प्रहरीका ज्वाइन्ट कमिस्नर रविन्द्र यादवले अख्तर पाकिस्तानी उच्च आयुक्तको एक कर्मचारी भएको र उनले  सीमा सुरक्षा बल बिएसएफ सम्बन्धी सूचना चुहावट गरेको आरोपमा पक्राउ गरेको बताए।

यस अघि उनलाई दिल्ली क्राइम ब्रान्चले  रक्षा मामिलासँग सम्बन्धित काजजातसहित पक्राउ गरेको जनाएको थियो। यसबारे पाकिस्तानका उच्च आयुक्त अब्दुल बाशितलाई यसबारे खबर दिइसकिएको थियो।

भारतीय अधिकारीहरुले अख्तरलाई जासुसी गरेको र रक्षा मन्त्रालयको महत्वपूर्ण खबरको खुलासा गरेकाले नियन्त्रणमा लिइएको र यसबारे सोधपुछ र अनुसन्धान भइरहेको बताएका थिए। भारत प्रशासित क्षेत्र कास्मिरको उरीमा भएको आतंककारी हमलामा १८ भारतीय सैनिकको मृत्यु भएपछि भारत पाकिस्तान विवाद अहिले उत्कर्षमा छ । भारतले उक्त हमला पाकिस्तानले गरेको आरोप लगाउँदै आएपनि पाकिस्तानले भने सो आरोपको खण्डन गर्दै आएको छ।

 

प्रकाशित: ११ कार्तिक २०७३ ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App