७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ६ म्याग्निच्युडकाे भूकम्प

जकार् – इन्डोनेसियिाको पश्चिमी सुमात्रा प्रान्तमा सोमबार ६ म्याग्निच्युडको भूकम्प गएको मौसम तथा भूगर्भ विभागका अधिकारील जानकारी दिएका छन् ।भूकम्पपछि सुनामीको भने कुनै सूचना नदिएको सो विभागले जनाएको छ। स्थानीय समयानुसार सोमबार अपराह्न १२ः५७ मा भूकम्प आएको थियो।

सो भूकम्पको केन्द्रविन्दु निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समुद्र सतहबाट ३० किलोमिटर गहिराईमा रहेको जनाइएको छ। भूकम्पका कारण धनजनको क्षतिबारेको कुनै समाचार प्राप्त नभएको बताइएको छ। इन्डोनेसियामा बारम्बार भूकम्प र ज्वालामुखी जस्ता प्रकोपले सताउने गरेको छ।
 

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App