८ वैशाख २०८१ शनिबार
राजनीति

आन्दोलनप्रति गेसोको ध्यानाकर्षण

काठमाडौं – गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका आन्दोलनमा आफ्नो समर्थन भएको जनाएको छ। गेसोले सोमबार काठमाडाैंमा पत्रकार सम्मेलन गरी समितिले घोषणा गरेका आन्दोलन र अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघर्ष समितिले गोरखा भर्तीविरुद्ध अभियान, गोरखा टे«निङ बन्दका लागि पत्रचार, ब्रिटिस गोरखा क्याम्पमा तालाबन्दी, बेग्लै गोरखा राज्य माग्ने, सधैंका लागि वार्ता भंग गर्ने जस्ता कार्यक्रम घोषणा गरेकोमा गेसोले यसमा आफ्नो समर्थन नभएको जनाएको छ।

संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायत भ्रमणका बेला कालो झन्डा देखाउने, भूमीगत हुने, शसस्त्र आन्दोलन गर्नेसम्मका चेतावनी दिएको सन्दर्भमा गेसोले समस्याको समाधान कूटनीतिक ढंगले खोज्नुपर्ने जनाएको छ। गेसोले यस्ता किसिमका गैरजिम्मेवार र अराजक आन्दोलनले सम्भावनाका ढोका पनि बन्द गर्ने जनाएको छ।

गेसोले गोरखा भर्तीको लामो अवधि र गोरखा आन्दोलनको लामो इतिहासमा पहिलोपटक बेलायत सरकार आफैं सहभागी भएर गोरखाहरुको समस्या लिपिबद्ध भएको भन्दै उत्तेजित बनाउने र वार्ताको सम्भावना रोक्न खोज्नु गोरखाहरुको लागि पनि विडम्बनापूर्ण विषय भएको जनाएको छ। गेसोले यस्तो अराजक, गैरजिम्मेवार र उत्तेजनापूर्ण कार्यक्रमहरु किन हुदैछ ? न्यायको पर्खारहेका गोरखाहरू फेरि एक पटक सशंकित बनेका छन्। उनीहरू कताबाट परिचालित छन् ? भन्दै प्रश्न गरेको छ।

प्रकाशित: २१ जेष्ठ २०७६ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App