८ वैशाख २०८१ शनिबार
समाज

चार वर्षीया बालिकामाथि यौन दुराचारको आरोपमा शिक्षक पक्राउ

रौतहट– चार वर्षीया बालिकामाथि यौन दुराचार गरेको आरोपमा रौतहटमा एक शिक्षक पक्राउ परेका छन्। रौतहटको बौद्धिमाई नगरपालिका ५ कोपवाका शिक्षक मनेजर राय यादवले चार वर्षीया बालिकालाई शौचालयमा लगेर यौन दुराचार गरेको आरोपमा पक्राउ परेका छन्। 

बौद्धिमाई नगरपालिकाको बंकुल बजारमा रहेको डाइनामिन इंगलिस बोर्डिंगका शिक्षक यादवले ४ वर्षकी एक बालिकालाई फकाएर अनैतिक काम गरेको जानकारी बालिकाले अभिभावकलाई दिएपछि अभिभावकको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। 

बालिकाले आफ्नो अभिभावकलाई घटनाका बारेमा बताएपछि अभिभावकले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नविन कार्कीले बताएका छन्। शिक्षक यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डिएसपी कार्कीले बताए।

यादवलाई अनुसन्धानका लागि जिल्ला अदालत रौतहटबाट म्याद थप गरेर अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ।

प्रकाशित: २० जेष्ठ २०७६ १५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App