६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

इटालीमा दुई शक्तिशाली भूकम्प

रोम–इटालीमा बुधबार राति दुई शक्तिशाली  भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्। सञ्चार माध्यमले इटालीमा ५.४ र ६.० रेक्टर स्केल गरी दुई शक्तिशाली पराकम्पन गएको बताएका छन्। स्थानीय समय अनुसार राति  ७ः१० मा मध्यउत्तरी इटालीलाई केन्द्र बिन्दु बनाएर ५.४ को पराकम्प गएको थियो। त्यसको २ घण्टापछि नै ६ रेक्टर स्केलको अर्को शक्तिशाली पराकम्प गएको बताइएको छ।

भूकम्पबाट भिसो , युसिटीया र  क्यान्टेल  सान्टेनजेलो सुल नेरा सहर बढी प्रभावित भएको बताइएको छ। भूकम्पका कारण २ जना घाइते हुनु बाहेक अन्य मानवीय क्षतीको विवरण आइनसकेको इटालीका अधिकारीहरुले जनाएका छन्। उनीहरुले भूकम्पका कारण सयौं पुराना भवनहरु ध्वस्त भएको र अहिले मानिसहरु घरबाहिर सडक बाहिर निस्किएर समूह समूह बनाएर बसिरहेको बताएका छन्। हाल त्यहाँ उद्धार कार्य जारी रहेको छ। गत अगस्टमा इटालीमा आएको ६.२ रेक्टर स्केलको भूकम्पमा परी ३ सय भन्दा बढी मानिसको ज्यान गएको थियो।

 

प्रकाशित: ११ कार्तिक २०७३ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App