४ वैशाख २०८१ मंगलबार
समाज

लागू औषधसहित ४ युवा पक्राउ

उदयपुर– उदयपुर प्रहरीले लागू औषधसहित एकै दिन ४ युवालाई पक्राउ गरेको छ। विभिन्न ४ खालका प्रतिबन्धित लागू औषधसहित त्रियुगा नगरपालिका ११ साकेलाटोलबाट युवाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

आइतबार साँझ नियमित गस्तीको क्रममा पक्राउ पर्नेहरुमा त्रियुगा ११ का २० वर्षीय रमेश देउजा, २५ वर्षीय दिनेश पराजुली, १९ वर्षीय अमर कार्की र २४ वर्षीय आदेश ओझा रहेको प्रहरी प्रवक्ता हरिकृष्ण केसीले बताए। एकै ठाउँ रहेका उनीहरुमाथि शंका लागी शरिर खानतलासी लिँदा फेनारगन, डाईजोल्याप र नोफिन बरामद भएको छ। 

डिएसपी केसीका अनुसार युवाहरुको साथबाट फेनारगन ३ थान (एम्पुल), डाईजोल्याप ३ एम्पसल र नोफिन ३ एम्पुल बरामद भएको छ। पक्राउ चारैजनामाथि लागू औषध सम्बन्धी कसुर अन्तरगत सोमबार अदालतबाट म्याद थपेर कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २० जेष्ठ २०७६ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App