सदनमा बजेट जुहारी

सोमबार, २० जेठ २०७६, १८ : १४ नागरिक

काठमाडौँ-  प्रतिनिधिसभामा आजदेखि आर्थिक वर्ष २०७६/७७ को बजेटका नीतिगत, वस्तुगत र सैद्धान्तिक पक्षमा छलफल शुरु भएको छ। यही जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको आर्थिक वर्ष २०७६/७७ को बजेटको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सत्तापक्षका सांसदले बजेटका सकारात्मक पक्ष र विपक्ष दलका सांसदले बजेटको नकारात्मक पक्षका बारेमा आ–आफ्नो ढङ्गले विश्लेषण गरेका छन्।    
    
 सत्तापक्षका सांसदले स्वास्थ्य, शिक्षा र कृषिमा विनियोजन गरेका बजेटको सङ्केत हेर्दा देश समाजवादतर्फ उन्मुख भएको बताएका थिए। उनीहरुले मलखाद्यमा अनुदान, जमीनको चक्लाबन्दी गरी भूमिहीन सुकुम्वासीलाई खेती गर्न आकर्षण गर्ने, वृद्ध तथा सामाजिक एवं सुत्केरीलाई भत्ता, अल्पसङ्ख्यक, पिछडा वर्ग, मधेशी महिला, अपाङ्ग, भूमिहीन र सुकुम्वासीलाई मालिक बनाउने गरी बजेट पेश भएकाले मुलुक समाजवादतर्फ उन्मुख भइरहेको बताएका थिए।
    
 त्यसैगरी विपक्ष दलका सांसदले बजेट वितरणमुखी भएको, वित्तीय भ्रष्टाचार मौलाउँदै गएको, आर्थिक अनुशासन गुम्दै गएको, बढ्दो बजेट घाटा रहेको, युवालाई स्वरोजगार कार्यक्रममा आकर्षित गर्न नसकेकाले बजेट चराचुरुङ्गीका लागि चारो दिएजस्तो गरी वितरण भएको बताएका थिए।    
    
 विपक्ष दलका सांसदले जमीन बाँझो हुँदाहँदै कौसी खेतीका लागि बजेट विनियोजित हुनु भनेको चरालाई चारो छरेजस्तो नभई के हो भनी प्रतिप्रश्न गरेका थिए। सत्तारूढ दलका नेता विष्णुप्रसाद पौडेल, विमलप्रसाद श्रीवास्तव र राजेन्द्र लिङ्देलले बजेटले सबै पक्षलाई समेटेको भए पनि कार्यान्वयन हुन नसक्दा परिणाम प्राप्त हुन नसक्ने बताउँदै तीन तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका थिए।    
    
 सांसदहरु भीमबहादुर रावल र अग्निप्रसाद सापकोटाले सीमित स्रोत र साधनबीच सम्भव भएसम्म बजेटले सर्वपक्ष हितलाई समेटेको भए पनि करको दायरा भने बढाउन नसकिएको स्वीकार गरिएको छ। विपक्ष दलका ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बजेटमार्फत जनतालाई भ्रममा पारेको बताउँदै उनले कृषि अर्थतन्त्रमा सुधार भएको विषयलाई सरकार आर्थिक वृद्धिदर बढायौँ भन्ने दाबी गर्छ।    
    
 सांसदद्वय महेन्द्र राय यादव र राजकिशोर यादवले जनसङ्ख्याका आधारमा बजेट विनियोजन नभएको सिँचाइमा बजेट कम भएको र बजेट परम्परागत ढर्राका रुपमा आएको बताउनुभयो। सदनमा आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad