प्रधानमन्त्रीले जिम्मा लिएकी बालिका खर्च नपुगेर यार्सा टिप्न हिमालतिर

सोमबार, २० जेठ २०७६, १७ : २७ सुमन मल्ल

मुगु– प्रधानमन्त्री केपी शर्मा ओलीकाे अभिभावकत्व पाएकी एक बालिका वर्षभरीको खर्च जुटाउन मुगुकाे उच्च हिमाली क्षेत्र पाटन गएकी छिन्। आर्थिक अवस्था कमजोर र बाबु गुमाएकी मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँकी ८ वर्षीया ठिन्ले साङमु लामा आफ्नो वर्षभरीको पढाई तथा अतिरिक्त खर्चको जोहो गर्न एक महिनाका लागि यार्सागुम्बा टिप्न हिमालतिर हिडेकी हुन्।

२०७५ वैशाख १ गते कर्णाली रारा पर्यटन वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न रारा पुगेका प्रधानमन्त्री ओलीले विद्यालय भर्ना अभियानको अवसर पारेर ८ वर्षीया लामालाई कक्षा १ मा भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका थिए। लामाको अभिभावकत्व प्रधानमन्त्री ओलीले लिएपछि उनको पठनपाठन तथा दैनिक दिनचर्यामा परिवर्तन आउने अपेक्षा उनका आफन्त र छिमेकीले लिएका थिए। तर लामाले एक कक्षामा राम्रै नतिजा ल्याएर दुई कक्षामा पुगेकाे एक महिनामै थप खर्च जुटाउनुपर्ने बाध्यता आएको हो।

लामाजस्तै गएको अघिल्लो बैशाख १ गते नै प्रधानमन्त्रीपत्नी राधिका शाक्यले अभिभावकत्व ग्रहण गरी भर्ना गरेकी छिरिङ छोङजुम लामा पनि पढाई तथा अतिरिक्त खर्च जुटाउन यार्सा संकलन गर्न हिमाली क्षेत्र पाटन गएकी छिन्। सानै उमेरमा बाबु वितेपछि बहिनीले दुःख सुख गरेर बाल बच्चा हुर्काइन्। तर अहिले भान्जीका उमेर समूहका प्राय: जसो बालबालिका यार्सा टिप्न हिमालतर्फ जाने गरेको तथा उनीहरुले एक महिनामा न्युनतम एक लाखसम्म कमाई गर्ने भएकाले पनि पाटन गएको लामाका मामा ग्याल्जेन लामाले नागरिक न्यूजलाई बताए। ‘गाउँ बसौं भने खेतिपाति छैन, विद्यालय पनि यो बेला बन्द छन्। त्यतिकै गाउँमा बस्नुभन्दा हिमालमा जाँदा वर्ष भरिको पढाई र अतिरिक्त खर्च जुटाउन सकिने भएकाले बहिनीले भान्जा भान्जीलाई यार्सा टिप्नका लागि हिमालमा लिएर गएको ग्याल्जेनले बताए।

यसअघि आर्थिक समस्याका कारण पठन पाठनमा समस्या परेको भन्ने समाचार आएपछि प्रधानमन्त्री ओलीले जिल्ला प्रशासन कार्यालयमार्फत १० हजार नगद पठाएका थिए। ठिन्ले मात्रै हैनन् उनी जस्ता हजारौ बालबालिका यो बेला यार्सा टिप्न हिमालतिर गएका छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad