कञ्चनपुरमा खडेरीले ताल नै सुक्न थाल्यो

सोमबार, २० जेठ २०७६, १२ : ५५ नागरिक

कञ्चनपुर– लामो खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थालेपछि यहाँ रहेका वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस भएको छ।

चर्को गर्मीका कारण निकुञ्जभित्र रहेका तालको मुहान सुक्दै गएपछि वन्यजन्तुलाई पानीको समस्या हुन थालेको हो। निकुञ्ज प्रशासनले निकुञ्जभित्र चार दर्जनभन्दा बढी कृत्रिम ताल निर्माण गरी पानीको प्रबन्ध गरे पनि वर्षा नहुँदा पानीको मुहानमै समस्या भएपछि सौर्य प्रणालीबाट पानी तानेर ताल भर्नसमेत समस्या देखिएको छ।

निकुञ्जभित्रको सबैभन्दा ठूलो रानी, बाबा, बठनियाँलगायतका ताल सुकेका छन् भने चौधर खोलाको पानीको बहाव न्यून छ। बाहुने खोलामा मात्रै पानी बगिरहेको भए पनि निकुञ्जभित्रका सबै वन्यजन्तुका लागि पर्याप्त हुँदैन। ‘रानी ताल र शुक्लाफाँटाभित्रको घाँसे मैदानमा केही ताल सुकेका छन्’, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भने, ‘एक/दुई वटा ताल सुक्दैमा धेरै समस्या भने हुन्न।’ उनले रानी तालको जीणोद्धार कार्य भइरहेको बताए।

‘सोलारबाट पोखरी भर्ने काम हुँदैछ’, पौड्यालले भने ‘अहिले निर्माण भइरहेका पोखरीमा पनि पानी भर्दै जाने हो।’ वन्यजन्तुको बासस्थापन संरक्षण तथा गर्मीयाममा निकुञ्जभित्र भएका प्राकृतिक तालमा पानी कम हुने भएकाले निकुञ्जको विभिन्न क्षेत्रमा चालू आर्थिक वर्षमा ६० वटा पोखरी निर्माण गरिरहेको छ।

ताल निर्माणका लागि रु एक करोड २० लाख रकमसमेत केन्द्रबाट विनियोजन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ। घाँसे मैदान, अर्जुनी क्षेत्र, पिपरिया, सिंहपुर लगायतका क्षेत्रमा हालसम्म ३४ वटा ताल निर्माण भइसकेका छन्। कूल ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा विश्वमै सबैभन्दा ठूलो बाह्रसिङ्गाको झुण्ड, पाटे बाघ, गैँडाका साथै विभिन्न प्रकारका जीवजन्तु देख्न पाइन्छ। शुक्लाफाँटामा १७ वटा गैँडा, १६ पाटे बाघ, दुई हजार ३०० को हाराहारीमा बाह्रसिङ्गा र सयौं प्रजातिका सङ्ख्यामा चराचुरुङ्गी रहेका छन्। रासस






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad