coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी चौकी कब्जा गर्ने विप्लव समूहको योजना असफल

सोलुखुम्बु - नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले सोलुखुम्बुको एक प्रहरी चौकी कब्जा गर्न गरेको प्रयास असफल भएको छ। गएराति महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न २५–३० जनाको समूहमा विप्लवका कार्यकर्ताको प्रयास असफल भएको हो।

विप्ल्वका कार्यकर्ता आउनु अघि नै प्रहरी हतियारसहित तैनाथ भएपछि कब्जा गर्ने प्रयास असफल भएको सुरक्षा स्रोतले जनाएको छ। विप्लव कार्यकर्ता कब्जाको लागि आउँदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरीसहित हतियार तैनाथ गरिएको थियो। प्रहरी र विप्लवका कार्यकर्ताबीच भेट नभएको भएपनि राति १२ बजे देखि बिहान ३ बजेसम्म चौकी आसपासमै विप्लवका कार्यकर्ता रहेको प्रहरी स्रोतको दाबी छ।

महाकुलुङ क्षेत्रमा केहि दिनदेखि विद्युतका कारण नेपाल टेलिकमद्धारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ।

प्रदेश र जिल्लाबाट प्रहरीको टोली सो क्षेत्रमा हेलिकप्टर मार्फत पुगिसकेका छन्। घटना जिल्ला सदरमुकाम सल्लेरीदेखि करिब २५ कोश टाढाको गाउँ छेस्काममा भएको हो।

प्रकाशित: २० जेष्ठ २०७६ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App