coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

राजपाको प्रश्न : लाल आयोगको प्रतिवेदन किन सार्वजनिक भएन?

काठमाडौं- राष्ट्रिय जनता पार्टीले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिस चन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्न /गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले संविधानमा गरिएको व्यवस्था विपरित आयोगले विज्ञापन आव्हान गरिएको भन्दै उनले सरकार कसले चलाएको छ भनि  प्रश्न गरे।

उनले भने “यो राज्य कसरी चलेको छ ? यो राज्य कसले चलाएको छ ? वास्तवमा यो राज्य चलाउनेहरु संविधानलाई मानेको छ कि छैन भन्ने गम्भीर प्रकृतिका प्रश्न उठेको छ । ”

उनले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संविधानको मर्म र भावना विपरित भएको टिप्पणी गरे। संविधान विपरित विज्ञापन आव्हान गर्नुले सरकारको कुनियत देखिएको दाबी उनले गरे। उनले भने “जब यो संविधान सरकारले मान्दैन। जब यो संविधान अनुसार यो सदन परिचालन हुदैन। जब यो संविधान संबैधानिक निकायमा बस्ने मान्छेले मान्दैन। व्यक्तिको उन्माद, उसको कुण्ठा र उसको चिन्तनबाट जब कार्य अगाडि बढाईन्छ समस्याहरु उब्जिन्छ। ”

सांसद यादवले राष्ट्रलाई दीर्घकालिन रुपमा नोक्सान पुर्याउने काम बन्द गर्न सरकारलाई सचेत गराए। उनले सदनको मर्यादा राख्दै गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे।

सभामुख कृष्ण बहादुर महराले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख महराले सांसद यादवलाई बोल्नका लागि समय दिएका थिए।

प्रकाशित: २० जेष्ठ २०७६ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App