coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

म्यानचेसटर युनाइटेडसँग म्यानचेसटर सिटी स्तब्ध

लण्डन–इङलिस लिग कप अन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनायटेडले बाजी मारेको छ। गए राति सम्पन्न खेलमा म्यानचेसटर युनाइटेडले म्यानचेसटर सिटीलाई १–० गोल अन्तरले  पराजित गर्दै  इङलिस लिग कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको  हो।

म्यानचेस्टर  युनाइटेडको घरेलु मैदान ओल्ड ट्रार्फेन्डमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ५४ औं मिनेटमा युनाइटेडका हुवाँ माटाले गरेको गोल नै निर्णायक साबित हुँदा खेल १–० गोल अन्तरले जित्दै   म्यानेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै इङलिस लिग कप फुटबल अन्तर्गत गए राति सम्पन्न अर्को खेलमा चेल्सीलाई   २–१ गोल अन्तरले पराजित गर्दै वेस्ट ह्याम पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसको जितमा कोयेटे र फर्नान्डेजले समान एक एक गोल गरेका थिए । चेल्सीका  ग्यारी केहिलले एक गोल फर्काएपनि त्यो खेलमा फर्कन प्रयाप्त भएन ।

 

प्रकाशित: ११ कार्तिक २०७३ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App